व्यापारमा रमाउन नसक्दा निजामतिमा आएँ

रहर, आवश्यकता र बाध्यता जीवनका फरक–फरक पाटाहरु हुन् । रहर मनको उमंग हो भने आवश्यकता जीवन चलाउने आधार हो । तर बाध्यता परिस्थितिको एउटा खेल हो । रहर आवश्यकतामा परिवर्तन नहुँदासम्म त्यो एउटा सपना मात्रै बन्छ । त्यस्तै सपना थियो, हाल कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सहसचिव पदमा कार्यरत कृष्णप्रसाद आचार्यको पनि । डाक्टर बन्ने सपनालाई साकार पार्न एसएलसीपछि विज्ञान विषय अध्ययन गरे । तर समयले उनलाई एउटा अनुसन्धानकर्ता बनायो । प्रस्तुत छ, आचार्यको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवबारे गरिएको कुराकानीको सम्पादित अंश ः

व्यापारमा रमाउन सकेनन्

आचार्यको जन्म कुस्मा नगरपालिका वडा नं. ११ कुस्मा बजार पर्वतमा २०२१ कात्तित ९ गते भएको हो । उनी बुवा लोकनाथ र आमा मिराकुमारी आचार्यका पहिलो सन्तान हुन् । किसान परिवारमा जन्मिएका कारण गोठाला र घाँस दाउरा गर्दै बाल्यकाल वित्यो । ‘ किसान परिवार जन्मिएपछि स्कुल विदा हुँदा गोठाला र घाउँदाउरा गर्नुपथ्र्याे’ उनी भन्छन् ‘खेतिपाति हुँदा कामले फुर्सद नभए पनि दुःख भोग्नु परेन ।’ बरु गोठाला र मेलापात गर्दा साथीसँग रमाउँथे । खेती किसानसँगै उनका बुवा सदरमुकाममा व्यापार व्यवसाय गर्थे । ‘अहिले पनि मेरा अधिकांश आफन्तीहरु व्यापार व्यवसाय पनि जोडिएका छन्’ उनी भन्छन्, ‘म आफैले केही समय व्यापार गरेँ, तर त्यहाँ रमाउन सकिन र निजामित क्षेत्रमा आएँ ।’ बुवालाई व्यापार व्यावसायमा सघाउँदा सघाउँदै उनी केही समय छापाखाना (अफ्सेट प्रेस), सिनेमा हल र स्टेशनरी व्यवसायमा जोडिए । तर व्यापार व्यवसायलाई निरन्तरता दिन सकेनन् ।

पढाइमा अब्बल

सदरमुकामकै कुस्मा नारायण माध्यमिक विद्यालयबाट अध्ययन आरम्भ गरेका आचार्य सानैदेखि पढाइमा अब्बल थिए । कक्षा तीनसम्म र सातदेखि नौंसम्म प्रथम हुन्थे । उच्च शिक्षामा पनि अब्बलता देखाए । त्रिभूवन विश्वविद्यालयमा अध्ययन गर्ने समयमा तत्कालिन महेन्द्र विद्याभुषण र भिसी मेडल प्राप्त गरे । २०३६ सालमा एसएलसी उत्तिर्ण गरेका आचार्यले पृथ्वीनारायण क्याम्पस पोखराबाट आइएसी, अमृतसाइन्स क्याम्पसबाट वीएसी, पोखरा क्याम्पसबाट वन विज्ञान विषयमा पुनः स्नातक, बेलायतबाट वन विज्ञान विषय स्नातकोत्तर र जैविक विविधता विषयमा जर्मनबाट पीएडीसम्मको अध्ययन पुरा गरेका छन् । तत्कालिन समयमा हरेक विद्यालयमा चारसय पूर्णाङ्कको व्यवसायिक शिक्षा (सिलाइ बुनाइ र कृषि विषय) अध्ययन हुन्थ्यो ।

पर्वतका माध्यमिक तहमा पढाइ हुने १२ वटा विद्यालयमा कुस्मा नारायणलाई सिलाई बुनाइ विषय अध्ययन हुन्थ्यो । जसकाकारण आचार्यले पनि माध्यमिक तहमा सिलाइ बुनाइ विषय अध्ययन गरे । ‘सुरुसुरुमा सिलाइ बुनाइ गर्दा साह्रै अप्ठेरो हुन्थ्यो’ उनी सुनाउँछन्, ‘तर जीवनमा काम लाग्ने विषय रहेछ ।’ पढाइमा राम्रो भएकै कारण डाक्टर बन्ने सपना देखेका थिए । ‘सानैदेखि डाक्टर बन्छु भन्ने सोचेको थिएँ, डाक्टर बन्नकै लागि एसएलसीपछि साइन्स विषय पढेँ’ आचार्य भन्छन्, ‘अनुसन्धानमा रमाउन लेखेको रहेछ, डाक्टर बन्ने सपना सपना मात्रै भयो ।’ शहर र निजी विद्यालयमा अध्ययन गर्ने प्रतिस्पर्धीका तुलनामा कमजोर हुँदा डाक्टर बन्ने सपना पुरा गर्न सकेनन् । तत्कालिन समयमा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभावका कारण पढाइ शहरको तुलनामा गाउँको पढाइ कमजोर हुन्थ्यो । उसो त आचार्य अध्ययनरत विद्यालयमा सामाजिक विषय पढाउने शिक्षकले नै अंग्रेजी विषय पढाउँथे । अंग्रेजी विषयको ज्ञान कमजोर हुँदा अहिले पनि त्यसको असर भोग्नु परिरहेको उनको अनूभव छ ।

अनुसन्धानमै आनन्द


कृष्णप्रसाद आचार्य सहसचिव÷उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय राष्ट्रसेवक रहर, आवश्यकता र बाध्यता जीवनका फरक–फरक पाटाहरु हुन् । रहर मनको उमंग हो भने आवश्यकता जीवन चलाउने आधार हो । तर बाध्यता परिस्थितिको एउटा खेल हो । रहर आवश्यकतामा परिवर्तन नहुँदासम्म त्यो एउटा सपना मात्रै बन्छ । त्यस्तै सपना थियो, हाल कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सहसचिव पदमा कार्यरत कृष्णप्रसाद आचार्यको पनि । डाक्टर बन्ने सपनालाई साकार पार्न एसएलसीपछि विज्ञान विषय अध्ययन गरे । तर समयले उनलाई एउटा अनुसन्धानकर्ता बनायो । प्रस्तुत छ, आचार्यको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवबारे गरिएको कुराकानीको सम्पादित अंश ः औपचारिक अध्ययन सकिए पनि खोज, अनुसन्धानको पाटोलाई निरन्तर दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय जर्नलहरुमा उनका ७० भन्दाबढी आलेखहरु निरन्तर प्रकाशित भइसकेका छन् । उनी जैविक विविधता, प्रकृतिको संरक्षण, वन तथा सामुदायिक बनको क्षेत्रमा अध्ययन÷अनुसन्धानमा विशेष रुचि राख्छन् । उकृष्ट खोज, अनुसन्धान गरेकै कारण झण्डै ४० भन्दाबढी देशहरुमा आफूले गरेका खोज अनुसन्धानको प्रस्तिुति दिइसकेका छन् । नेपालको जैविक विविधता र वन क्षेत्रमा गरेको अनुसन्धान विशेष रुचि राख्छन् । ‘ खोज अनुसन्धान अहिले नटुङ्गीने विषय हो’ उनी भन्छन्, ‘जति अनुसन्धान ग¥यो, त्यतिनै आनन्दा आउँछ ।’ अनुसन्धानमा रमाउने सक्ने भएका कारण अनुसन्धानलाई निरन्तरता दिएको उनको भनाइ छ ।

जिम्मेवारीमा अब्बल

२०५१ सालमा निजामति क्षेत्रमा प्रवेश गरेका आचार्य २०६६ सालदेखि सहसचिव पदमा कार्यरत छन् । सुरुमा वन अनुसन्धान विभाग काठमाडौँबाट निजामति सेवाको सुरुवात गरेका आचार्य लामो समय काठमाडौंँमै बसे । अनुसन्धान विभाग, वन मन्त्रालयको वातावरण महाशाखा, कार्वन व्यापार (रेड कार्यान्वय केन्द्र), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण मन्त्रालयको योजना महाशाखा महाशाखा लगायतका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । उनी जहाँ पुगे, त्यही आफूलाई अब्बल सावित गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्इजन्तु संरक्षण विभागको महानिर्देशक हुँदा गैडाको चोरी सिकारी नियन्त्रणमा ठूलो उपलब्धिपूर्ण काम गरेका छन् । उनकै कार्यकालदेखि गैडाको चोरी शिकारी नियन्त्रणमा प्रयास भएको छ । त्यस्तै बन्यजन्तुबाट व्यक्तिको मृत्यु भएको खण्डमा डेढलाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था पनि उनकै कार्यकालदेखि सुरु भएको हो । हाल वन्यजन्तुका कारण कुनै नागरिकको मृत्यु भएको खण्डमा १० लाख रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ । त्यस्तै कार्वन व्यापार (रेड कार्यान्वय केन्द्र) मा रहँदा कार्वन व्यापारमा गरेको उपलब्धिबाट पनि धेरै सन्तुष्टि मिलेको उनको भनाइ छ ।

अनुसन्धानमा ४० देशको यात्रा

जैविक विविधता, वन, वातारण र प्रकृतिको संरक्षणमा गरेको खोज, अध्ययन अनुसन्धानले आचार्यलाई झण्डै ४० देशमा पु¥याएको छ । आचार्यले गरेको अध्ययनलाई विभिन्न देशमा पुगेर प्रस्तुतिकरण दिएका छन् । अध्ययन र अनुसन्धान विना दिगो विकास सम्भव नहुने उनको अनूभव छ । अध्ययन विना गरिएको विकास निर्माणका कारण बर्षेनी जाने बाढी पहिरोका कारण धनजनको क्षति भएको आचार्य बताउँछन् । तर पनि नेपालमा अनुसन्धानको मूल्याङ्क गर्ने परिपाटीको विकास हुन नसकोको उनको तर्क छ । अवकासपछि पनि जैविक विविधताको क्षेत्रमा अनुसन्धानलाई निरन्तरता दिने उनको योजना छ ।

२०७७ भदौ २८ गते आइतवार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार