विद्यापुरमा बालिका बलात्कृत, तीन जना पक्राउ

सुर्खेत, २८ भदौं ।
पश्चिम सुर्खेतको विद्यापुरमा एक बालिकामाथी जवरजस्ती करणी भएकोछ । बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पञ्चपुरी नगरपालिका विद्यापुरकी १४ बर्षिय बालिका बलाकृत भएकी छन् । साथीले जन्मदिनमा बोलाएपछि विद्यापुरमा पुगेकी १४ वर्षीय बालिका फर्किदा बलाकृत भएकी हुन् ।

भदौ २४ गते राती स्थानीय तीन जनाले बलात्कार गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । बालिका बलात्कृत भएको राती नै प्रहरी चौकी विद्यापुरमा पुगेर निवेदन दिएकी थिइन् ।  त्यहीँ निवेदनका आधारमा ईलाका प्रहरी कार्यालय बावियाचौर र प्रहरी चौकी विद्यापुरको टोलीले तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत बुझाएको हो । घटनामा संलग्न भएको आरोपमा पञ्चपुरी ८ का १५ वर्षीय हरिष बुढा, १७ वर्षीय प्रकाश राना र १५ वर्षीय धर्म थापालाई पक्राउ गरिएको डिएसपी घर्तीले जानकारी दिए ।

उनकाअनुसार बालिकाले दिएको वयानका आधारमा नै उनीहरुलाई पक्राउ गरिएको डिएसपी घर्तीले बताए । ‘बालिकाले बिहीबार जिल्लामा जाहेरी दिएपछि थप अनुसन्धान गरिरहेका छौं’ डिएसपी घर्तीले भने, ‘प्रारम्भीक अनुसन्धानका क्रममा प्रकाशले जन्मदिनको पाटीमा बोलाएका र पछि फर्किदा बाटोमा बलात्कार गरेको बालिकाले बताएकी छन्, यस बारे थप अनसन्धान भइरहेको छ ।’

तपाईको प्रतिक्रिया