सिद्धकुमाखको नेकपा वडा कमिटीमा सपथ

दुर्गा विसी
सल्लीबजार, २७ भदौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिद्दकुमाख ४ नम्बर वडा कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । ४ नम्वर वडा कमिटी अध्यक्ष वीर बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य, सल्यान जिल्ला सह–इन्चार्ज, कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाह रहनुभएको थियोे ।

अतिथिहरुमा जिल्ला कमिटी सदस्य तथा शिद्दकुमाख गाउँ कमिटी अध्यक्ष जित बहादुर चलाउने, जिल्ला कमिटी सदस्य तथा शिद्दकुमाख गाउँ कमिटी सचिव राम बहादुर बस्नेत, प्रदेश सल्लाहकार परिषद् सदस्य तथा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, जिल्ला कमिटी सदस्य तथा गाउँ पालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरा, देवेन्द्र रोका, गाउँपालिका सदस्य तथा ३ नं अध्यक्ष शालिकराम बुढाथोकी, २ नं. वडा अध्यक्ष रुद्र बुढाथोकी, उद्योग वाणिज्य सल्यानका अध्यक्ष वीर बहादुर चलाउने र पार्टीका गाउँपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य, सल्यान जिल्ला सह–इन्चार्ज शाहले नव गठित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामनासहित आफ्ना भनाई राख्नु भएको थियोे । पार्टी जनमैत्री बन्न उहाँको विशेष जोड थियोे । अब जिल्लामा सशक्त ढंगले लाग्नेसमेत घोषणा गर्नु भएको छ ।


वडा वडा र टोल बस्तीहरुमा गतिविधि बढाउनसमेत उहाँको नेता तथा कार्यकर्तालाई विशेष जोड रहेको छ । त्यसैगरी नेपाली कांग्रेस पार्टी छाडेर नेकपा प्रवेश गर्ने १५ लाई समेत पार्टी प्रवेश गराउँदै स्वागत गरिएको जनाएको छ । काँग्रेसबाट प्रवेस गरेका लोकेस विक, गणेश विक, दिपक विक, राजकुमार नेपाली, शसिराम नेपाली, बल बहादुर सुनार, तेज बहादुर रोका, कमल सिं रावत, बल बहादुर बुढा, चन्द्र बहादुर खड्का, थल बहादुर बुढा, तेज बहादुर बुढालाई टीका लगाई नेता शाहले नेकपा प्रवेश गराउनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार