‘विवाह गर्छु’ भनेर बोलाए कि युवती पाँच दिन बन्धक

कञ्चनपुर, २७ भदौं ।
कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए । आफ्नै प्रेमीले बोलाएपछि नजाने कुरै भएन । उनी गइन् । तर ति युवकको नियत भने अर्कै रहेछ । उनले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन् ।

५ दिन सम्म उनलाई औषधी खुवाउँछन् । त्यसैले उनले आफु माथि के भयो भन्ने पनि थाहा पाएकी छैनन् । अहिले उनका परिवारले ति युवहरुबिरुद्ध उजुरी दिएका छन् । ति युवतीलाई लगिएको ठाउँमा एक जना प्रहरी पनि थिए । उनका प्रेमीले फोन गरेर विवाह गर्ने भनेर बोलाए पनि आफु गएको ति बालिकाले बताएकी छन् ।

परिवारका सदस्यले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सुरेश भन्ने प्रेमीले फोन गरेर बोलाएपछि आफु गएको बताएकी छन् । उनका बुवा आमा मजदुरी गरेर जिविका पाल्छन् उनी मामाघर बसेकी छन् । ति सुरेशले म तिमीलाई विवाह गर्छु भनेर बोलाएपछि उनी पुलमा गएकी थिइन् ।

उही प्रेमीले एउटा कस्मेटिक कोठामा लिएर गए । उसको एउटा प्रहरी साथीसंग मिलेर औषधी ल्यायो । यो पेट दुखेको औषधी हो खाउ भनेर दिए । त्यो खाने बित्तिकै मैले केही पनि थाहा पाइन्, उनले भनिन् । सुरुमा आफुले ३ जनालाई देखेको बताइन् । कतिबेला आफुले थाहा पाउँदा अरु पनि आएको उनले बताइन् । कोठामा राखेको ५ दिनपछि उनीहरु आरामिल निर ल्याएर छोडिदिएको र त्यसबेला प्रहरीले आफुलाई फेला पारेको बताएकी छन् । उनलाई भदौ १४ गते बोलाएर लिएर गएका थिए । त्यसको ५ दिन पछि प्रहरीले उनलाई फेला पारेको हो ।

तपाईको प्रतिक्रिया