कटकुवामा पुनःअस्पताल सञ्चालन गरिँदै

सुर्खेत, २७ भदौं ।
सुर्खेतको पुरानो जिल्ला अस्पताल रहेको कटकुवामा पुनः नगर अस्पताल सञ्चालनको तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको बार्षिक निती, कार्यक्रम अनुसार कटकुवामा पुनः अस्पताल सञ्चालनको तयारी गरिएको हाे । लामो समय जिल्ला अस्पताल सञ्चालनमा भएको कटकुवामा केही बर्षयता स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

नयाँ बसपार्कमा चलिरहेकाे काेराेना सक्रमित राख्ने अाइसाेलेसन अस्पताललाइ कटकुवा सारेर तत्काल काेराेना अस्पताल बनाउने र काेराेना नियन्त्रणपछि नगर अस्पतालकाे रुपमा पूर्वाधार विकास गरिने भएकाे छ । जिल्ला अस्पतालको स्तरबृद्धि भएर मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्तरबृद्धि भएपछि उक्त स्थानमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

वीरेन्द्रनगरको कटकुवामा रहेको स्वास्थ्य चौकीलाई आइसोलेसन अस्पताल बनाइने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउने नीतिगत निर्णय गरेको छ । कोरोना महामारीमा तत्काल आइसोलेसन र दिर्घकालिन रुपमा ५ देखि १५ शैयाको नगर अस्पताल बनाएर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

ठेकदारको लापरवाहीका कारण अलपत्र रहेको स्वास्थ्य चौकीको ठेक्का ताडेर नयाँ ठेक्काबाट निर्माण सम्पन्न भएपछि वीरेन्द्रनगर नगरपालिकाले आइसोलेसन अस्पताल बनाउन लागेको हो । बसपार्कको आइसोलेसन कटकुवा सार्ने र मंगलगढीमा रहेको अस्थायी बसपार्कलाई सीटी बसपार्कमा सारेर सञ्चालन गर्ने गृहकार्यमा नगरपालिका लागेको इन्जिनियर विशाल अधिकारीले बताए ।

कटकुवा भवनको अनुगमन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले स्वास्थ्य चौकीलाई तत्काल ४० वेडको आइसोलेसन अस्पताल बनाउने बताइन् । उनले बसपार्कमा नगरपालिकाले बनाएको आइसोलेसनलाई कटकुवा स्वास्थ्य चौकीको भवनमा सार्न लागेको जानकारी दिइन् । ‘लामो समयपछि स्वास्थ्य चौकी भवनको निर्माण सकिएको छ’ ढकालले भनिन्, ‘आगामी असोज १ गतेबाट कटकुवामै आइसोलेसन अस्पतालको रुपमा सञ्चालन गर्दैछौं ।’ नगरपालिकाले हाल निर्माण सम्पन्न भएको बसपार्कमा आइसोलेसन बनाएको छ ।


ठेकेदारले अलपत्र बनाएको भवन
वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का वि.सं. २०६८ मा जिएम कन्स्ट्रक्शनलाई दिइएको थियो । तत्कालिन शहरी तथा भवन डिभिजन कार्यालय सुर्खेतले वि.सं. २०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने कार्यादेश दिएर कन्स्ट्रक्सनलाई जिम्मा दिएको हो ।

तर ठेकदारको लापरवाहीले स्वास्थ्य चौकीको भवन करिव एक दशकसम्म अलपत्र प¥यो । कन्स्ट्रक्सनले भवन मात्रै निर्माण गरेर काम अलपत्र पारेको थियो । बारम्बार ताकेता गर्दापनि कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्दै कार्यालयले ठेक्का तोडेको थियो ।आर्थिक वर्ष २०७५/०७६ मा संघीय आयोजना कार्यान्वयन इकाईले केआर विल्डर्सलाई निर्माण जिम्मा दिएको हो ।

‘गत असारमा काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरेका थियौं’ इकाईका इन्जिनियर गोकर्ण थापाले भने, ‘कोरोनाका कारण दुई महिना ढिला गरी निर्माण व्यवसायीले काम सम्पन्न गर्नुभएको छ, केही दिनमै नगरपालिकालाई हस्तान्तरण गर्दैछौं ।’ केआरले झण्डै एक करोडको लागतमा फिनिसिङ्ग लगायतको सबै काम सम्पन्न गरेको थापाको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार