सुर्खेत, २७ भदौं ।
वीरेन्द्रनगरमा शनिबार आज विद्युत दुई घण्टा प्रभावित हुने भएको छ । भेरीगंगा नगरपालिकाको रामघाट सबस्टेशनबाट लेकबेशी न.पा. कल्याणसम्मको ११ केभी नयाँ फिडर निर्माण गर्नुपर्ने भएकाले शनिवार विहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको हो ।
नयाँ फिडरमा काम भइरहेको र ३३ केभी क्रसिङ परेकाले रामघाट–वीरेन्द्रनगर ३३ केभी सटडाउने हुने भएकाले दैलेख र सुर्खेतको लेकवेशी, वीरेन्द्रनगर र बराहतालमा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले जानकारी दिए । उनकाअनुसार मंगलगढी चोकदेखि लाटीकोईलीसम्मको सडक निर्माण भइरहेकाले नयाँ लाईन विस्तारका क्रममा वीरेन्द्रनगर उपत्यका ६ घण्टा विद्युत सेवा बन्द हुनेछ ।
विद्युतका नयाँ संरचना स्थान्तरण तथा ११ केभीको नयाँ लाईन बनाउनु पर्ने भएको विहान ९ बजेबाट साँझ ५ बजेसम्म बुलबुले फिडर सटडाउन गरिने प्रमुख गिरीको भनाई छ । लाटीकोईलीसहित मगंलगढी पश्चिम तथा एरीचोक–भैरवस्थानदेखि पश्चिमका सबै क्षेत्रमा विद्युत सेवा बन्द हुने गिरीले जनाए ।
यस्तै, ११ केभी र एलटी लाइनमा बुस कटिङ कार्य गर्नुपर्ने भएकोले बजार फिडर अन्तर निश्चित क्षेत्रहरुमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम हुने क्षेत्रमा विद्युत सेवा प्रभावित हुने प्राधिकरण जनाएको छ । वीरेन्द्रनगरमा दुई घण्टा पूर्ण र ११ बजेपछि कामको आवश्यकताअनुसार विद्युत सेवा अवरुद्ध हुने पनि केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
युग संवाददाता । । २७ भाद्र २०७७, शनिबार ०४:१९