चौरजहारीमा नगर अस्पताल सञ्चालनमा आउदै

प्रचण्ड खत्री
रुकुम पश्चिम, २६ भदौं ।
रुकुम पश्चिम चौरजहारी नगरपालिकाले वडा नम्बर १० को चिन्नेबगरमा केहि दिनमै नगर अस्पताल सञ्चालन गर्ने तयारी भैरहेको छ । नगर अस्पताल सञ्चालनको लागि अहिले तिब्र गतिमा काम भैरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र १६ वटा अवैध सञ्चालन गरिएका निजि मेडिकल नगरपालिकाले अनुगमन गरेर सिल गरेपछि सेवाग्राहीलाई उपचार गर्न समस्या नहुने गरी तत्काल ५ शैया बराबरको नगर अस्पताल सञ्चालनमा ल्याउन लागेको नगर प्रमुख बिशाल शर्माले बताए ।

उक्त नगरपालिका भित्र १४ वटा वडा रहेका छन् । नगरबासीलाई सहज वातावरणमा उपचार बनाउनको निम्ति नगरपालिकाले पहल कदमी चालेको नगर प्रमुख शर्माले बताए । चौरजहारी नगरपालिकामा चौरजहारी मिशन अस्पताल रहेको छ । २ वटा अस्पत्तालले सेवा दिने भएपछी नगरबासी र छिमेकी जिल्लाका स्थानीयहरु हर्षित भएको नगर प्रमुख शर्माले बताए । हाललाई ५ सैया सुरु गरेर ब्यबस्था अनुसार बढाएर १५ सैयासम्म बढाएर ठुलो बनाउने योजना रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले जानकारी दिए ।

उक्त अस्पताल १ बर्ष भित्र १५ शैया बराबरको बनाइने भएको छ । त्यस्तै नगरपालिका भित्र भएका स्वास्थ्य चौकी, स्वास्थ्य इकाईलाई पनि २४ घण्टा आकस्मिक सेवा दिन पनि नगरपालिकाबाट निर्देशन दिइएको छ । नगर प्रमुख बिशाल शर्माका अनुसार नगरपालिकामा सञ्चालन गरिएका अवैध मेडिकल बन्द गर्दैमा स्वास्थ्य क्षेत्रमा कुनै फरक पर्दैन हाम्रा स्वास्थ्य संस्थाहरुले मेडिकल भन्दा राम्रो सेवा दिइरहेका छन् ।

नगर प्रमुख शर्माले नगरपालिकाका नागरिकहरु उपचार नपाएर मर्नु नपर्ने र त्यसको लागि सम्पूर्ण तयारी गरिरहेको बताउनुभयो । अस्पताल सञ्चालन भएपछि रुकुम पश्चिमका सबै स्थानीय तह, जाजरकोट, सल्यानका स्थानीय मानिसले सेवा लिने बताएको छ । नगर अस्पतालबाट ईमरजेन्सी सेवासहित सबै सेवा सञ्चालन हुने बताएको छ ।

नगरका सबै सेवा केन्द्रबाट पनि सबै सेवा दिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यहि परिस्वरूप नगरका मेडिकल बन्द गरेको हो । सबै नगरका स्वास्थ्य केन्द्रमा काम गर्ने कर्मचारीका मेडिकल बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय केसीले बताए । मापदण्ड अनुसार दर्ता गरेमा बन्द मेडिकल खुल्ला गरिदिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया