बर्षमै बने पाँच पक्की पुल, तीनवटा अन्तिम चरणमा

सल्यान, २६ भदौ ।
सल्यानमा एक वर्षमा पाँचवटा पक्की पुल निर्माण भएका छन् । कालाखेत, शंखमुल, घट्टेखोला, लुहाम र मोख्लामा एक वर्षको अवधिमा पक्की पुल निर्माण भएका छन् । राप्ती राजमार्गको कालाखेत पिपलनेटा जोड्ने शारदा खोलामा तीन करोड ४० लाखमा पुल निर्माण सम्पन्न भएको छ ।

३० मिटर लामोपुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ। त्यस्तै, झिम्पे सडक खण्डको लड्केनी शंखमुल पुलमा २५ मिटर लामो पक्की पुल निर्माण भएको छ । तीन करोड ३९ लाख लागतमा यो पुल बनेको हो । सोलावाङग रिम सडक खण्डको घट्टे खोलामा १५ मिटर लामो पुल पनि निर्माण भएको छ ।


यस्तै, स्थानीय सडक पुल कार्यक्रममार्फत त्रिवेणी लुहाम सडक खण्डको लुहाम खोलाको ९९ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । सो पुल आठ करोड २७ लाख लागतमा बनेको हो । सल्यान थारमारे वडागाउँ रुकुम चौरजारी सडक खण्डको त्रिवेणीमा रहेको जिमाली खोलामा १८ मिटर लामो पक्की पनि निर्माण भएको छ ।

पुल निर्माणको लागी दुई करोड चार खर्च भएको छ । सिद्धकुमाख गाउँपालिका–१, मोख्ला र छत्रेश्वरी गाउँपालिका दामाचौर सडक खण्डको मोख्लामा ३५ मिटर लामो लम्बाइको पुल तीन करोड ८३ लाखमा सम्पन्न भई केही दिनमै सञ्चालनमा आउने भएको छ । यस्तै, लंकेनी चरंगे र नाथेखोला पुलको काम ९० प्रतिशत सकिएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले बताए । बन्दाबन्दीले विकास निमार्णमा केही समस्या भए पनि समयमा नै काम सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार