हिल्सा नाकामा सीमा प्रवेश गेट निर्माण

हुम्ला, २५ भदौ ।
उत्तरी चीनको सीमासँग जोडिएको हिल्सा नाकामा पहिचान झल्किने सीमा प्रवेश गेट निर्माण भएको छ । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सीमा प्रवेश ढोका निर्माण भएको हो ।

मानसरोवर कैलाशको मुख्य प्रवेशद्वार रहेको हिल्सा नाकालाई व्यवस्थित गर्न उद्देश्यले ७५ लाखमा सीमा प्रवेश ढोका निर्माण भएको डिभिजन वन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख नीरज झाले जानकारी दिए ।

कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार भएकोले हिल्सा नाकालाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले पाँच लाख डीपीआर र ७० लाख बजेटमा प्रवेशद्वार निर्माण भएको कार्यालय प्रमुख झाले बताए । गत जेठ १३ गते सम्झौता भएर असार २५ भित्रै प्रवेशद्वार निर्माणको काम सम्पन्न भएको कार्यालय प्रमुख झाको भनाइ छ ।

तपाईको प्रतिक्रिया