रामचन्द्र न्यौपाने
डोल्पा, २३ भदौं ।
कामको खोजीमा उपल्लो डोल्पा पुगेका पाँच जना जाजरकोटका नागरिक दुई दिनदेखि अचेत अवस्थामा रहेका छन् । शे–फोक्सुण्डो गाउँपालिका वडा नं १ मा पर्ने निजाल गुम्बा पुनःनिर्माणका लागि पुगेका उनीहरु जोक नामक बिषालु जंगलीसँग खाएपछि बेहोस भएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
बिरामि पर्नेमा नलगाड नगरपालिका ५ का बर्ष ३६ का बिष्णुको सारी, सोही ठेगानाका बर्ष ३८ का टेकबहादुर वली, बर्ष १९ का नरेन्द्र वली, वडा नं ४ बस्ने बर्ष १८ का अजय वली र वडा नं. ८ बस्ने बर्ष ३३ का शिबराज केसी रहेको प्रजिअ सुनारले बताए । अचेत भएका मध्ये नरन्द्र वलीले थोरै बोले पनि बाँकी सबै अचेत अवस्थामै रहेको गाउँपालिकाका अध्यक्ष टसीटुण्डुप गुरुङ्गले जानकारी दिए ।
सोमबार बेलुकीको खानामा गुम्बा वरिपोरी पाइने स्थानीयसंग ल्याएर पकाएर खाए लगत्तै सबैजना बेहोस भएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्यकर्मीले उपचारको प्रयास गरेपनि सम्भव नदेखिएपछि उद्धारकालागि सेनाको हेलिकप्टर बोलाइएको प्रजिअ सुनारले जानकारी दिए । अचेत अवस्थामा रहेका सबै जाजरकोटी नागरिकको उद्धारकालागि हेलिकप्टर जान लागेको संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जानकारी दिए ।
युग संवाददाता । । २३ भाद्र २०७७, मंगलवार १३:२७