जोखिम बढेपछि छिन्चु बजार सिल

भेरीगंगा (छिन्चु), २३ भदौं ।
कर्णाली प्रदेशको प्रवेशद्वार भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारलाई सिल गरिएको छ । समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिमको आँकलन गर्दै मंगलबार राती १२ बजेबाट लागु हुनेगरी भदौ ३० गते राती १२ बजे सम्मको लागि सिल गरेको हो ।

पूर्वमा चिप्ले खोला, पश्चिममा भेरीपुल, उत्तरमा राताचौर दक्षिणमा हर्रेसम्म सिल गरिएको छ । यस अघि २१ गते आइतबार राती १२ बजेदेखि २८ गते सम्मका लागि भेरिगङ्गा नगरपालिकाको वडा नम्बर ६ को झिंगनी र वडा नम्बर ९ को जहरे बजार सिल गरेको थियो ।

सिल गरिएको अवधिमा अत्यावश्यक सेवा, सुविधा औषधि पसल बाहेक अन्य काम गर्नमा रोक लगाइएको छ । सिल गरिएको अवधिमा बैंक, वित्तीय संस्थाहरूको काम समेत पूर्णरूपमा बन्द गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया