लागु औषधसहित ३ जना पक्राउ

प्रचण्ड खत्री
रुकुम पश्चिम, २१ भदौं ।
लागु औषधसहित रुकुम पश्चिममा ३ जना पक्राउ परेका छन् । १६ किलो लागु औषधसहित उनीहरुलाई आठबिसकोट नगरपालिकाको वडा नम्बर ५ को जलिगाडबाट पक्राउ परेका हुन । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ९ का ३७ बर्षिय प्रेम बहादुर सिंह, ४० बर्षिय मान बहादुर सिंह, ३२ बर्षिय तप्त बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

आठबिसकोट नगरपालिकाको जलिगाड लागुऔषध कारोबार भैरहेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटि गएको संयुक्त टोलीले पक्राउ गरेका हुन । उनीहरुको साथबाट १६ किलो अफिम भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए । यस बारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया