मुसिकोटमा लगाएको निषेधाज्ञा हटाईयो

प्रचण्ड खत्री
रुकुम पश्चिम, २१ भदौं ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले मुसिकोट लगायतका ठाउमा आईतबारदेखि निषेधज्ञा हटाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशित गर्दै सोमबार बिहानदेखि बजार खुल्ले गरी निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको छ । रुकुम पश्चिममा कोरोना भाईरस अर्थात कोभिड–१९ का संक्रमण बढ्ने अनुमान गर्दै जिल्ला प्रशासनले ४ किल्ला तोकेर भाद्र १५ गत्तेबाट १ हप्ताका लागि निषेधज्ञा जारी राखेको थियो ।

निषेधाज्ञाले गर्दा सदरमुकाम मुसिकोटका बजारहरु पूर्ण रुपमा बन्द रहेका थिए भने हिडडुलमा कडाई गरिएको थियो । निषेधाज्ञा हटेसंगै सोमबार बिहानबाट पसल सञ्चालनमा आउने हिडडुलमा सामान्य हुने प्रमुख जिल्ला अधिकारि उपेन्द्रराज पौड्यालले जानकारी दिए ।  निषेधाज्ञा हटेता भएतापनि कोरोना भाईरसबाट बच्न नेपाल सरकारले बेला बेलामा जारी गरेको निर्देशन र सूचनाको पूर्ण रुपमा कार्यान्वयन गर्न अनुरोत गरेको छ ।


प्रशासनबाट प्रदान हुने सेवाहरुको स्थानीय तह अनुसार पालाे लगाएको छ । जसअनुसार आईतबार आठबिसकोट नगरपालिका, सोमबार चौरजहारी नगरपालिका, मंगलबार सानीभेरी गाउँपालिका, बुधबार बाफिकोट गाउँपालिका, बिहिबार त्रिबेणी गाउँपालिका र शुक्रबार मुसिकोट नगरपालिकाका स्थानीयले सेवा पाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार