हिरासतमा बसेका युवामा कोरोना पुष्टि

प्रचण्ड खत्री
रुकुम पश्चिम, २१ भदौं ।
रुकुम पश्चिमको जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेका एक जना पुरुसमा कोरोना पोजिटिभ देखिएको छ । ज्यान मार्ने मुद्दामा पक्राउ परेका मुसिकोट नगरपालिका ४ का २५ बर्सिय पुरुषमा कोरोना पुस्टि भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।

मुसिकोट नगरपालिकाबाट भाद्र १५ गत्ते १ सय ४७ जनाको स्वाब संकलन गरी सुर्खेत पठाएको थियो । कोरोना पोजिटिभ देखिएका युवालाई भाद्र १ गत्ते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ठग बहादुर केसिका अनुसार हिरासतमा रहेका सबै थुनुवाको स्वाब गरी पठाएकोमा १ जनाको रिपोट पोजिटिभ आएको बताए ।

तपाईको प्रतिक्रिया