युनियन लाइफ वीमा कम्पनीले बदमासी गरेपछि

दुर्गा विसी
सल्लीबजार, २१ भदौं ।
सल्यान सल्लिवजारमा रहेको एक वीमा कम्पनीले विमित विरामी हुँदा बिमा शुल्क नबुझेको पाएको छ । सल्लिवजारमा रहेको युनियन लाइफ युन्सोरेन्स शाखाले ३ वर्ष अघि सल्लिवजार निवासी प्रेम वहादुर कठ्यातको विमा गरेको थियोे । विमा भरेको ३ वर्षमै प्रेमको मृत्यु भयो ।

विविध कारणवस घरमा पैसा नहँुदा २ वर्षको विमा शुल्क तिर्न नसकेको तर विरामी श्रीमान अस्पतालको शैयामा छट्पटी हुँदा समेत साहुबाट जरिवानासहित २ वर्षको विमा रकम बुझाएपनि कठ्यात गम्भीर विरामी परेको खबर थाहै पाएर उक्त विमाले विमा शुल्क रिनियुल गर्न मानेन ।

दुई वर्षको विमा रकम विमित एजेन्टले थन्क्याएर १ महिना पछि फिर्ता गरेको बुझिएको छ । कठ्यातको रोग निको नहुने संकेत थाहा पाएर उक्त विमा कम्पनीले विशेषज्ञ डाक्टरको निरोगिताको प्रमाणपत्र र स्वयम विमा गरेको व्यक्ति कार्यालयमा उपस्थिति भएपछि मात्रै विमा रिनबल गर्ने बाहाला गरेको मृतक कठ्यातकी श्रीमति चन्द्रकला कठ्यातको भनाइ रहेको छ ।

विविध कारणले २ वर्षको विमा रिन्यु गर्न नसकेको तर आषाढको पहिलो हप्ता साहुऋण गरेर विमा रिन्यु गर्न पठाएको पैसा एक महिनापछि फिर्ता पठाएको उहाँको दुखेसो छ । जोखिम बहन गर्नकै लागि बिमा गरिन्छ तर यहाँ मान्छे विरामी परेको खवर थाहै पाएर बिमा रिन्यु नगरि विमा फेल गरेको कम्पनीको चरम लापरबाही भएको स्थानीयको ठहर छ ।

मजदुरी गर्न गएका आइएमइ गरी पठाएको रकमले समेत एजेन्टहरु खोजि खोजि विभिन्न आश्वासन र प्रलोभनमा पारी यहाँ विमा गरेका प्रस्सत उदाहरण छन् । नत त्यहा स्वम् व्यक्ति चाहिन्छ नत उक्त कार्यालयमा डाक्टरी सर्टीफिकेट चाहिन्छ । विमा गर्दा नागरिकलाई १० को २०, २० को ४० लाख भनेर विभिन्न सेवा सुविधा लगायतका भ्रममा फसाइन्छ तर विमित समस्या वा विरामी पर्दा मृत्यु हुँदा उल्टै विमा कम्पनीबाट ठगिएको यो पहिलो उदाहरण हो ।

कठ्यातले ३ वर्ष अघि युनियन लाइफ इन्स्योरेन्स कम्पनी सल्लिवजार शाखामा छोरी निर्मला कठ्यात एजेन्टबाट ३ लाखको विमा गरेका थिए । हाल कुनै सेवा नपाउने भएपछि मृतक श्रीमतिले बनगाड कुविण्डे नगरपालिकाको न्यायिक समितिमा उजुरी दिइएकि छन् । यतिबेला सबैको आवाज एउटै छ विभिन्न वहानामा विमा बनाउने जोखिम पर्दा भाग्ने विमा कम्पनीलाई कारवाहि हुनुपर्ने माग रहेको छ ।

तर युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सल्ली शाखा प्रमुख दिनेश पंगालीले भने कठ्यातको विमा २ वर्षदेखि रिन्युल नभएको, आफ्नो कम्पनीमा विमा फेल भए सम्बन्धि व्यक्ति र डाक्टरको निरोगिताको प्रमाणपत्र खोजिने नीति रहेको तर्क गर्दै जरिवानासहित पैसा आएपनि रिन्युअल नगरेको जनाउनुभयो ।

हामीले पटक पटक विमा रिन्युअलका लागि गरेको ताकेता उहाँहरुले मतलव नगरेको तर विरामि पर्दा मात्रै आतिएर विमा रिन्युल गर्न आएको जनाउनु भयो । पंगालिले उक्त समस्या दर्शाए पनि जतिसुकै वर्षको भएपनि जरिवानासहित रकम लिने सिस्टम रहेको बुझिएको छ । जसरी सुरुमा विमा कम्पनीहरुले विमाको लागि नागरिक फकाउने अफ्ठेरो पर्दा फसाउने निहित भएको स्थानीयको ठहर छ ।मृत्यु भैसकेका कठ्यात परिवार अहिले आएर न्यायको खोजिमा दौडीरहेका छन् ।

तपाईको प्रतिक्रिया