प्रचण्ड खत्री
रुकुम पश्चिम, १९ भदौं ।
मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न ‘माया’ भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५८ औं स्थापना दिवस देशभर मनाइरहेको छ । यस अवसरमा देशभरीका ७७ वटै जिल्ला शाखा, करिब १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका रेडक्रसले जानकारी दिएको छ ।
त्यस्तै रेडक्रम सोसाइटी रुकुम पश्चिमले पनि आज ५८ औँ स्थापना दिवसको अवसरमा जिल्ला कारागारका कैदीबन्दी, सुरक्षाकर्मी र कारागारका कर्मचारीहरु लाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । रेडक्रस रुकुमका कोषाध्यक्ष यज्ञ बहादुर केसीका अनुसार १३३ कैदीबन्दी, २३ सुरक्षाकर्मी र ९ जना कारागारका कर्मचारीहरुलाइ ८५० वटा सर्जिकल माक्स र १६५ वटा हातधुने साबुन जिल्ला कारागारमा रुकुम पश्चिमलाई हस्तान्तरण गरिएको छ ।
रेडक्रस रुकुम पश्चिमकि सभापति रमा गौतमले उक्त साम्रागि जिल्ला कारागार रुकुम पश्चिममा हस्तान्तरण गर्नुभएको थियो । रेडक्रस रुकुमले यसअघि पनि कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको लागि सुरक्षाकर्मी र कैदीबन्दीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
युग संवाददाता । । १९ भाद्र २०७७, शुक्रबार २०:१९