डिएसपी ढकेन्द्र खतिवडाकाे भूमिकाप्रति नेकपाकाे आपत्ती

दुर्गा बिसी
सल्लीबजार, १८ भदौं ।
सल्यानमा सरुवा भैइ जान लागेका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा विवादित वनेका छन् । खतिवडाले बनगाडमा हुने गरेका अपराधिक घटनाको चासो नदिएको र राजनीति मनसायले मुद्दा चलान गर्ने गरेको आरोप खेपेका छन् । नेकपा बनगाड कुविण्डे नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै उनको कार्यशैलीप्रति आपति प्रकट गरेको छ ।

पछिल्लो समय सल्यान जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिको वढि कुरा सुनेको, उनीहरुका जतिसुकै क्तियाकलाप ढाकछोप गरेको र मुद्दाहरु पन्छाउने काम गरेको उल्लेख छ । साथै बनगाड कुपिण्डेमा केहिदिन अघि मोटरसाइकिल चोरीको घटनामा संलग्न व्यक्तिको फोन नम्बर,फोटो समेत उपलब्ध बनाए पनि पक्राउ नगरिएको र पक्राउ परेका व्यक्तिलाई समेत मुद्दा दायरमा फितलो देखाएको गम्भीर आरोप लगाएको छ ।

दिनरात नभनि कोरोना महामारीमा खटिएका जिल्ला स्थित सुरक्षा कर्मिहरुको ग्रेट,कारवाहि जस्ता कुरा गरेकोले र उक्त डिएसपी खतिवडा जिल्ला प्रहरी प्रमुख नभएइ नेपाली कांग्रेस पार्टीको निर्देशन सञ्चालित रहेको जनाएको छ । सल्लिवजार स्थिति ईलाका प्रहरी कार्यलयका इन्चार्ज मिनवहादुर खड्काले सल्यान पश्चिममा राम्रो सुरक्षा व्यवस्थापन गर्दा गर्दै पनि उहालाई ५ महिना नपुग्दै अन्यत्र तानिनुले झनै आशंका उब्जाएको छ ।


यहाँ स्थित नेपाली कांग्रेसका केही कार्यकर्ताले डिएसपी खतिवडालाई अतिरञ्जित कुरा लगाए बापत खड्कालाई अन्यत्र सरुवा गरिएको जनाएको छ । कोरोना महामारी,विगत लामो समय देखि अवरुद्ध विकास निर्माण,चोरि चकारि र फरार अभियुक्तहरु पक्राउ गर्ने काममा तथा शान्ति सुरक्षा जस्तो कार्यमा राम्रो गर्दा गर्दै अरुको गल्त कुरा सुनेर उहाँलाई छापामार शैलीमा कारवाहि स्वरुप जसरि अन्यत्र पठाएकोले उक्त निर्णय तत्काल सच्याउन जोडदार माग गरेको छ ।

समयअवधि नपुग्दै हल्लाकै भरमा राम्रो काम गर्ने व्यक्तिलाई सधैं यसरी गलहत्याउने कार्य प्रति नेकपाले विरोध जनाए छ । डिएसपी खतिवडा आफ्ना मातहतका कर्मचारी प्रती सधै शोषण दमन र कुरर शैली अपनाउने खाल्को व्यवहार हुदै आएको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी युनिटहरुको भनाइ रहेको छ । सरुवा हुदै गर्दा खतिवडा विवादित वनेका छन् ।

खतिवडाको जिल्ला रहँदा भए गरेका सम्पूर्ण क्रियाकलापको रेकर्ड छानवीन हुनुपर्ने नेकपा नगर कमेटिको प्रदेश र केन्द्रीय सरकारसँग जोडदार माग रहेको छ । नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना र सचिव गञ्जमान वुढाद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । सबै कुरा नसिचिए ढकेन्द्र खतिवडाका अरु सबै कर्तुत बाहिर ल्याउने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार