तल्लो कमिटीको पार्टी एकता टुङ्ग्याउन शाहको निर्देशन

दुर्गा विसी
सल्लीबजार, १७ भदौं ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पार्टी एकताको बाँकी काम छिटो टुग्याउन नेता गुलाव जंग शाहले नगर अध्यक्ष तथा सचिवलाई ताकेता गर्नुभएको छ । वडा नं. १ र ६ को सिमाना आपखोलिमा कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा नगर अध्यक्ष कीर्ति बहादुर राना र सचिव गञ्जमान वुढालाई जिल्ला सह–इन्चार्ज समेत रहनु भएका नेता शाहले मौखिक निर्देशन दिनु भएको छ ।

बनगाडमा जिल्ला पार्टी अध्यक्ष र सचिवको क्षेत्र भएपनि किन पार्टीको गतिविधिमा शुन्यता छाएको भनेर उहाँको गुनासो छ । केही नमिलेको कुरा भए बसेर जतिसक्दो चाँडै टुग्याउन उहाँले अध्यक्ष र सचिवलाई कडाइ रुपमा ताकेता गर्नुभएको थियोे । पार्टी यहाँ किन सुतेको भनेर उल्टै प्रश्न राखिएको थियोे ।

कोरोना कहरले पार्टीको कामकाज अघि बढ्न नसकेको सचिब र अध्यक्षको भनाई थियोे । नेकपा नेतासँगै प्रदेश संसद शाहले पार्टी गतिविधि र संरचना लगायत विकास निर्माण कार्यको सवालमा खुलेर छलफल राख्नुभएको थियोे । बनगाड कुप्ण्डिेमा सडक, विद्युत, खानेपानी, शिक्षाका भवन र सिचाईका क्षेत्रहरुमा पुस्तौ नभएको विकास निर्माणका काम भैरहेको उहाँको भनाई थियोे ।

दर्जनभन्दा बढी सडक, खानेपानी सिचाई र विद्यालका भौतिक पूर्वाधारतर्फ आफ्नो पहलमा काम भएको उहाँको भनाइ थियोे । अझै आफनो कार्यकाल भरी जनताको आवश्यकतालाई मध्यनजर कहाँ के आवश्यकता छ भनेर छनौंट गरी कामकाज अघि बढाइने उहाँको भनाइ थियोे ।

पुस्तौ नभएको विकासको ढोका वल्ल खुल्न सुरु भएको उहाँको दावि छ । जसले जे हल्ला अर्थ लाएपनि र समाजमा भ्रम सिर्जना गरे पनि दाबीका कहिले बने बाटा, खानेपानी पुल कुलेसा ? कसको पालामा भयो यतिका विकास ? के सब नेपाली कांग्रेसले गरेको थियो । विगत लामो समय सत्तामा थियोे कहाँ के के ग¥यो भन्न सक्छ ? हामी भन्छौं हामीले कहाँ के के गरियौ भनेर । त्यसैले अफवाह, हल्ला मिथ्याका पछाडी नदौड्न नेता शाहको कार्यकर्तालाई विशेष जोड थियो । यस्तो कुरा चिरफार गरेर अघि बढ्न उहाँको विशेष निर्देशन समेत रहेको थियोे ।

तपाईको प्रतिक्रिया