बालविवाह गर्ने गराउने पाँचजना पक्राउ

सल्यान, १७ भदौ ।
प्रहरीले बालविवाह गराउन खोज्ने पाँचजनालाई पक्राउ गरेको छ । बागचौर नगरपालिका–८ मा १८ वर्षीया बेहुली, बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  बेहुला बागचौर–८ गैरोगाउँका २५ वर्षीय दीपेन्द्र शर्मा, बेहुली बाँकेको बैजनाथ गाउँपालिका–१ गाभरकी १८ वर्षीया युवती, बेहुलाका बाबु, आमा र विवाह गराउने पण्डितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

Child marriage. Illustration: Ratna Sagar Shrestha

विधिवत बालविवाह हुँदै गरेको भन्ने सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा गरेको खतिवडाको बताए । पक्राउ परेका विरुद्ध जिल्ला अदालत सल्यानबाट सोमबार म्याद थप गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया