प्रहरी जवान मृत्यु गाेली काण्ड : प्रहरी संगठननै लुकाउन लागेकाे गुनासाे

सुर्खेत, १७ भदौ ।
सिम्तामा गोली लागि मृत्यु भएका प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ । गत बैशाख ३० गते सिम्ता गाउँपालिका वडा नं. ३ धुपखोलाको ऐसेलु झाडीमा उनी मृत भेटिएका थिए । प्रहरी चौकी आग्रीगाउँ देउलीडाँडामा कार्यरत खड्काको शव चौकीभन्दा झण्डै पाँचसय मिटर टाढाको दुरीमा भे टिएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले एक छानविन समिति समेत गठन गरेकाे थियाे । उक्त छानविन समितिकाे प्रतिवेदन समेत सार्वजनिक गरिएकाे छैन । घटनाकाे वास्तविकता बाहिर अाउँदा प्रहरी स‌गठनकै राष्टि्य तथा अन्तराष्टि्य अालाेचना तथा बदनाम हुने डरले घटनालाइ ताेडमाेड, छापछिप लुकाउन खाेजिएकाे परिवारकाे गुनासाे रहेकाे छ ।

घटना भएकै दिन मृतकका आफन्तहरुले घटना बारे आशंका गरेका थिए । तर घटना भएको चार महिना पुग्न लाग्दा पनि बास्तविकता बाहिर आएको छैन । घटना रहस्यमय भएको भन्दै मृतकका परिवारहरुले छानविनका लागि सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयसँग हारगुहार गरेका छन् । चार महिनासम्म घटनाबारे मृतकका परिवारलाई जानकारी नभएपछि घटना थप रहस्यम भन्दै गएको हो ।


मृतकका परिवारले भने नरेन्द्रले आफै हात्महत्या गरेको नभए कार्यालयका अन्य सहकर्मीहरुले हत्या गरेको बताउँदै आएका छन् । घटनाको छानविनका गरी वास्तविकता पत्ता लगाउन भन्दै मृतका परिवारले बैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएका थिए । घटनामा आशंका गरेकालाई छानविन नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले मृतकका परिवारले चार जनाविरुद्ध किटानी जाहेरी दिन लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले किटानी जाहेरी दर्ता नगरेपछि किटानी दर्ताको माग गर्दै अदालतको ढोकामा पुगेका थिए । सरकारी वकिल कार्यालयमार्फत किटानी दर्ता गर्न प्रहरीलाई पटक पटक अनुरोध गर्दा समेत प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेको परिवारको गुनासो छ ।

याे पनि पढ्नुहाेस :-

प्रहरी जवान मृत्यु प्रकरण, असईसहित चार जना विरुद्ध किटानी जाहेरी

अनुसन्धान समितिको भूमिकाप्रति आक्रोश

प्रहरी जवान मृत्युमा आफ्न्तको आशंका, अनुसन्धान जारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार