बनगाड–गर्चे–भेरी नदीमा गुरु योजना बनाइने : सांसद शाह

दुर्गा विसी
सिम्ता, १६ भदौं ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको बनगाड खोलामा आएको बाढीको क्षतिको अवस्था बुझ्न प्रदेश सभा सदस्य गुलावजंग शाह बाढी प्रभावित क्षेत्रमा पुग्नु भएकोछ । भाद्र ३ गते आएको बनगाड खोलाको बाढीले सयौं विघाहा जमिन, दुई स्थानीयको घर र पक्की पुल निर्माण कार्यमा संलग्न एक जनालाई बगाएको थियोे ।

नेकपा नेता, प्रदेश सभा सदस्य तथा नेकपा सचेतक गुलावजंग शाहले पिडित परिवार दुई घरलाई खाद्यान्न राहत सामग्री दिँदै जिल्ला, नगर र प्रदेश सरकारबाट दिलाउने राहतका विषयमा पहल गर्ने जनाउनु भएको छ । बनगाड खोलामा गुरुयोजना बनाई तटबन्धको काम आफनै पहलमा सुरुवात हुने जनाउँदै बनगाडी जनताको खानेगास बाढीले कटान र पटान गरेकोमा दुख व्यक्त गर्नुभयो ।

प्रकृति विपत्तिसँग कसैको केही उपाय चल्दैन त्यसैले समुदाय स्तरमा दुखमा एकलाई पर्दा अर्कोले सरसहयोग गर्ने समेत जनाएको छ । यसपाली बनगाडमा बाढी तथा अविरल बर्षाले निकै ठुलो क्षति गरेकोले पुनस्र्थापना, राहतको विषयमा आफ्नो ध्यान बढी जाने शाहको भनाई थियोे ।

सल्यानको यस क्षेत्र धेरै ठुलो क्षति भएको छ । स्थलगत अनुगमनमा बाढीले पु¥याएको क्षतिको अवस्था वुझ्न नेकपा सल्यान अध्यक्ष तथा बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुन, संसद गुलाव जंग शाह लगायतको टोली पिडित परिवार खेतीयोग्य जमिन कटान गरेको क्षेत्रमा पुग्नु भएको छ ।

नगर प्रमुख पुनले गर्छे खोलादेखि भेरी किनारसम्मको खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन गर्ने जनाउनु भएको छ । नगरले गर्न नसक्ने कामलाई प्रदेश, संघ र अन्य निकाय माझ माग गर्ने जनाउनु भएको छ । बाढीपिडितलाई खाद्यान्न वितरणमा प्रदेश संसद, नगर प्रमुख, जिल्ला समन्वय समिति सदस्य आशा वली, नेकपा नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना, सचिव गञ्जमान बुढा लगायतको टोली बाढीग्रस्त खेतीयोग्य जमिन र बाढीले घर बगाएका स्थानमा पुग्नुभएको छ । दुखमा परेको घर परिवारलाई खाद्यान्न सामग्री राहत दिँदै सान्त्वना दिने कार्यक्रम तय गरिएको थियोे ।

तपाईको प्रतिक्रिया