सिम्तामा निर्वाचित वडा सदस्यसहित नेकपा प्रवेश

दुर्गा विसी
सिम्ता, १६ भदौं ।
सुर्खेत सिम्ता गाउँपालिका वडा ६ नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य आइती लुहारसँगै १ सय ३ जनाले नेपाली कांग्रेस पार्टी प्रत्याग गरी नेकपा प्रवेश गरेका छन् । प्रतिनिधी सभा सदस्य सांसद ध्रुब कुमार शाही र प्रदेश संसद ठम्मर विष्टले नव प्रवेशिलाई स्वागत गर्नुभएको छ ।

सिम्ता गाउँ कमिटी वडा नं. ६ मा भएको नेकपाको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा भारी संख्यामा नेपाली कांग्रेस छाड्नेको घुइँचो लागेको थियोे । नव प्रवेशीले देशमा ७ दशक नेपाली कांग्रेस सत्तामा भएपनि नागरिकका आधारभुत आवश्यकताप्रति व्यवस्था गरेको आरोप लगाएका थिए । सो पार्टीप्रति वितृष्णा बढेको प्रवेशीहरुको भनाई थियोे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद शाहीले अब नेपाली जनताको आधारभुत आवश्यकता नेकपाले मात्रै गर्ने ठोकुवा गर्नुभएको छ । देशमा नेकपा विरुद्ध जतिसुकै गलत प्रचार प्रसार गरे पनि केही नहुने र संधै सत्यको पक्षमा मात्रै काम भइरहेको जनाएको छ । पार्टी विरुद्ध जतिनै कुप्रचार हल्ला फिजाए पनि कुनै सिप नलागेको अर्को कार्यक्रमका विशेष अतिथि विष्टको भनाई थियोे ।

थुप्रै नेपाली कांग्रेस पार्टीबाट नेकपा प्रवेश गरिरहेका नव आगुन्तकलाई सहि ढंगले व्यवस्थापन गरिने जनाइएको छ । कार्यकर्ता भेटघाट कार्यक्रम जिल्ला कमिटी सदस्य नेत्र महतारा, गणेश विक, गाउँ कमिटी अध्यक्ष कविन्द्र कुमार केसी, सचिव झुब वहादुर वुढाले धारणा राख्नु भएको थियोे ।

वडा नं ६ को ठिग्नि टोलबाट ईश्वर वुढाको नेतृत्वमा १५ जना,गजौड टोलबाट ईख टमाटाको नेतृत्वमा ६४ जना, लिसि डाँडाबाट वडा सदस्य आइती लुहारको टिमसहित १२ जना र काप्रीचौरबाट प्रेम विकको नेतृत्वमा १२ गरी एक सय ३ जनाले नेकपा पार्टी सदस्यता लिएको सचिव झुव वहादुर वुढाले जानकारी दिनु भएको छ ।

पार्टी प्रवेश कार्यक्रमको अध्यक्ष वडा कमिटी अध्यक्ष ललित सिंह र सचिव मोतिराम विकले सञ्चालन गर्नु भएको थियोे । कार्यक्रम स्थल प्रवेश गर्नु अघि कोभिड–१९ लाई मध्यनजर गर्दै मास्क र सेन्टराइज वितरण गरिएको थियोे ।

तपाईको प्रतिक्रिया