सीडीओलाई फेसबुकमा गाली गर्ने युवक पक्राउ

सुर्खेत, १६ भदौ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ हिरालाल रेग्मीलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । सीडीओ रेग्मीविरुद्ध अपशब्द लेखेको आरोपमा वीरेन्द्रनगर–१२ का राजन चालिसे पक्राउ परेका हुन् ।

कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउन गरेको निर्णयको आलोचना गर्दै चालिसेले फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार फेसबुकमा सीडीओलाई गालीगलौज गर्ने ती युवक शनिबार नै पक्राउ परेका हुन् । ‘महामारीका बेला फेसबुकमा प्रजिअलाई गाली गरेकाले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ डीएसपी घर्तीले भने, ‘अभद्र व्यवहार अन्र्तगत मुद्दाको प्रक्रिया अघि बढेको छ ।’


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ एक गतेदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १२ गतेदेखि हटाउने निर्णय गरेको थियो । यो निर्णयको विरोध गर्दै ती युवकले फेसबुकमा आफू सुरक्षित छु भन्दैमा जनता मार्ने भन्दै स्टाटस राखेका थिए ।

सामाजिक सञ्जालबाट आक्रोश संगै तल्लो स्तरको गाली, गलौजमा उत्रिदै राजनीतिक नेतृत्व, जनप्रतिनीधिदेखि सामाजिक अगुवाहरु सबैलाई गाली गर्ने गरेका छन् । उनका फेसबुकवालबाट नेकपा अध्यक्ष प्रचण्डदेखि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख र वडा नं. १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसे, अमरज्योति नमूना उच्च मावि नेवारेसम्मलाई खबरदारी गरेको देखिन्छ । खबरदारीका नाममा उनले अपशव्दहरु समेत प्रयोग गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार