ठूला सवस्टेशन निर्माणको ढिलाइले तीन जिल्लाको विद्युतमा समस्या

सुर्खेत, १५ भदौ ।
सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रशारण लाइनको सव–स्टेशन निर्माण नहुँदा चार जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम र जाजरकोटका लागि सुब्बाकुनामा सव–स्टेशन निर्माण नहुँदा नियमित विद्युत आपूर्तिमा समस्या भएको हो ।

कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रशारण लाइनको लागि वातारणीय प्रभाव मूल्यांकनको काम पूरा गरी प्रशारण लाइन निर्माणका लागि बोलपत्र आवह्वानसमेत भइसकेको छ । सव–स्टेशनका लागि चार वर्ष अघि जग्गा अधिग्रहणको काम काम पूरा भए पनि निर्माणको लागि बोलपत्र आवह्वान नहुँदा काममा समस्या उत्पन्न भइरहेको छ ।

यो सवस्टेशन निर्माण कार्य पूरा भएपछि अर्को जहरेमा निर्माण हुन लागेको ४०० केभी प्रशारण लाईनको काम पुरा भएपछि मात्र चार जिल्लाको विद्युत् आपूर्तिको समस्या हल हुने नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले जानकारी दिए । त्यस्तै, जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा समेत ४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ ।

प्रदेशले नै जाजरकोटको चौखा सव स्टेशन निर्माणको लागि बोलपत्र आवह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरीले जानकारी दिए । नलगाड जलविद्युत् आयोजना (४१७ मेघावाट), ताँसुगाड जलविद्युत आयोजना (४. ५ मेगावाट), डोल्पाको जगदुल्ला जलविद्युत आयोजना (१०६ मेघावाट) विद्युतका अयोजना निर्माणका लागि १३२ केभी प्रशारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने अवस्था रहेको छ ।


दानी पिपलका लागि डीपीआरको काम छिट्टै हुने कर्णाली प्रदेशसभा सदस्या गणेशप्रसाद सिंहले जानकारी दिए । कोरोनाका कारण विज्ञहरु आउन नपाएको भन्दै सिंहले दशैँसम्म काम सुरु गर्ने तयारीमा रहेको बताए । सामग्री आपूर्तिमा पनि समस्या जाजरकोटका सात स्थानीय तहलगायत अन्य तीन जिल्लामा विद्युतको प्रशारण लाइन गाउँ–गाउँमा पु¥याउन सामग्री अभाव हुँदा समस्या हुँदै आएको छ । सुरुमा नेपालगन्जले कर्णाली प्रदेशका जिल्लामा सामग्री दिँदै आएकोमा अघिललो वर्ष सुर्खेतमै प्रदेश कार्यालय स्थापना भएपछि नेपालगन्जले सामग्री नदिँदा काममा ढिला भएको थियो ।

आर्थिक वर्ष ०७६/७७ मा सुर्खेतमा प्रदेश कार्यालय स्थापनासँगै सामग्री सबै थोक नहुँदा समस्या भएको हो । अहिले जाजरकोटको लागि प्रतिमहिना ६० किलोमिटरका लागि मात्र तार दिएको तर माग जाजरकोटमा धेरै भएकाले काम गर्न मुस्किल भएको विद्युत प्राविधिकरण जाजरकोट प्रशारण लाइनका प्रमुख लोकबहादुर खड्काले जानकारी दिए ।

जाजरकोटको सात स्थानीय तहमध्ये बारेकोट गाउँपालिका र बारेकोट गाउँपालिका मात्र विद्युतको प्रशारण लाइन पुग्न सकेको छैन । अन्य स्थानीय तहमा प्रशारण लाइन निर्माण गर्ने काम भइरहेको तर कोभिडका कारण केही समस्या भएको प्रमुख खड्काले जानकारी दिए । प्रदेश कार्यालयले पोल जति माग भए पनि दिन सकिने तर तारको अभाव भएको बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार