नाग्म बजारमा पहिरो खस्दा दश जनाको मृत्यु

कालीकोट, १५ भदौ ।
कालिकोटमा आइतबार पहिरोखस्दा एकै परिवारका चारसहित दश जनाको मृत्यु भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा ४० वर्षे परेक शाही, उनका पाँचवर्षे छोरा निराजन, दुई महिना छोरा अक्कल र सात वर्षिया छोरी हिमा शाहीको मृत्यु भएको हो ।

त्यस्तै सोही पहिरोमा परी ३० वर्षे टेकबहादुर दमाइ, उनकी श्रीमति २५ वर्षीया छोइनु, ६ वर्षे छोरा गजेन्द्र दमाई, ३५ वर्षे मनविर कटुवाल, ४० वर्षिया आइती खड्का र २४ वर्षे अमृत थापा रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए । पहिरोमा परेककी श्रीमति पुन्या शाही र अर्जुन हमाल घाइते भएका छन् ।

उनीको उद्दार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । आइतबार बिहान करिव ८ बजेतिर पहिरो जाँदा नाग्म बजारका ४ घर पुरिएको थियो । यसैबीच घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । गृह जिल्लामा घटनाका मृत्यु भएका प्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया