कालीकोट पहिरोमा चार जनाको शव भेटियो, तीन बेपत्ता

सुर्खेत, १४ भदौं ।
कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेहरूमा ४० वर्षीय प्रयाक शाही, ५ वर्षीय निराजन शाही, ७ वर्षीया हिमा शाही र २ वर्षीय अक्ल शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक श्यामवाबु ओलीयाले जानकारी दिए ।

घटना स्थलबाट दुईजनाको जिवितै उद्दार गरिएको छ । साथै तीनजना वेपत्ता रहेको र उनीहरूको खोजी कार्य तिव्र पारिएको प्रहरी नायव उपरीक्षक ओलीयाले जानकारी दिए । नगरपालिका–१ स्थित नाग्म बजार क्षेत्रको ३० मिटर माथीबाट आएको पहिरोमा परी बजार क्षेत्रका कयौं घर पुरिएका छन् । घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी उद्धारमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया