व्यवसायी दर्ता गर्न सिम्तामा घुम्ती शिविर

दुर्गा विसी
सुर्खेत, १४ भदौं ।
सुर्खेत सिम्ता गाउँपालिकाले व्यवसायी कर दर्ता नविकरण घुम्ति शिविर सञ्चालन गर्न लागेको छ । भाद्र १५ गतेदेखि असोज २ गते सम्म गाउँपालिकाका विभिन्न वडा वस्ती टोलहरुमा घुम्ति शिविर सञ्चालन गर्न थालिएको जनाएको छ ।

गाउँपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण व्यवसायी,व्यवसायीक,कृषि फर्म, फर्म, संघ, संस्था, क्लब, पसलहरु नयाँ दर्ता र नविकरणको लागि दुई हप्ते अभियान सञ्चालन गर्न थालिएको टोलीका संयोजक अर्जुन रानाले जानकारी दिनुभएको छ ।

सबैलाई व्यवसायीक दर्ता गर्न गाउँपालिकाले अनुरोध तथा सुचना जारी गरेको छ । यहि भदौं १५ गते ६ नं. वडा कार्यालय, १६ र १७ गते गाउँ कार्यपालिकाका कार्यालय १८ र १९ गते ५ नं. वडा कार्यालय, २० र २१ गते ९ नं. वडा कार्यलय, २२ र २३ गते ८ नं. वडा कार्यालय, २४ गते ७ नम्बर वडा कार्यालय २५ गते गोजिबजार, २६ गते ४ नम्बर वडा कार्यालय, २७ गते ३ नम्बर वडा कार्यालय, २८ गते २ नं. वडा कार्यालय, २९ गते दुर्पाला, ३० गते १ नं. वडा, ३१ गते खनेटा र असोज १ र २ गते सयुक्त रुपमा सिर्जना बजारमा व्यवसाय कर दर्ता शिविर सञ्चालन गर्ने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जनक वहादुर हमालले जनाउनु भएको छ । उक्त समयमा सबैलाई यो अभियानमा साथ दिन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया