प्रमुख सचिव तोकिएको तीन दिनमै बस्नेतको सरुवा

सुर्खेत, १३ भदौं ।
कर्णाली प्रदेश सरकारले प्रमुख सचिव तोकेको तीन दिनमै लक्ष्मीकुमारी बस्नेतको सरुवा भएको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा आर्थिक अधिकारसहित बस्नेतलाई प्रमुख सचिव तोक्ने निर्णय गरेको थियो ।

प्रमुख सचिव तोकिएको तीन दिनमै अर्थात भदौ ९ गते नै बस्नेतको सरुवा भएको हो । मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बस्नेतलाई आर्थिक अधिकारसमेत प्रयोग गर्ने गरी निमित्त प्रमुख तोक्ने र सोको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिने’ निर्णय गरेको थियो ।


तर निर्णय सार्वजनिक नहुँदै भदौ ९ गते नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बस्नेतको सरुवा नागरिक उड्यन तथा पर्यटन मन्त्रालयमा गरिसके को हो । प्रदेश सरकारले भने बस्नेत सरुवा भएको तीन दिनपछि शुक्रबार निर्णय सार्वजनिक गरेको हो ।

संस्कृति, पर्यटन, नागरिक उडयान मन्त्रालयबाट सहसचिव कमल प्रसाद भट्टराई कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएका छन् । त्यसैगरी मलिना बैद्यकाे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएकाे छ । कर्णाली प्रदेशका कृषि सचिव गोविन्द प्रसाद शर्मा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय वा अन्तरगत कार्यालयमा सरुवा भएको छ । गोपाल प्रसाद सिग्देल सहसचिव भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेश सरुवा भई आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार