कविता ‘म’

सिर्जु शाह
वीरेन्द्रनगर-७ इत्राम, सुर्खेत
म “अश्विनी” हुँ
सुरजको प्रेमले जलाएर
“शेष” रहेको एक आवरण !
र एउटा “देवत्व” देखाउने
“निस्वार्थ” अन्तस्करण !
जलेको आवरणमा
म आफूलाई काली माता देख्छु
कुरुपता भित्रको सुन्दरता लेख्छु,
सरलता भित्रको महानता सोच्छु !
नकारात्मकता भित्र सकारात्मकता खोज्छु ,
“म” मा हजारौं दुख छन
लाखौं कमजोरी छ्न
तर अपबित्र छैनन मेरा भावहरु !
मुक्त छन मेरा प्रेम रागहरु !
म “काली” पनि हुँ
जलेको छु सुरजको प्रेम तापमा !
र त बलेको छु प्रेमिल रापमा!
तर कालो भित्र चम्किएको मेरो आभा देख्ने कस्ले ?
कुरुपतालाई सुन्दरता देख्ने कस्ले ?
दृश्यमा मापन हुने सुन्दरता
“कालो” भित्र किन “सेतो” खोज्दैन ?
अन्धकारमा पनि त सुन्दर “ध्वनी” गुन्जिन्छ !
अदृश्यता पनि त प्रेमिल “कल्पना” बुनिन्छ !
प्रेम भित्र “सुन्दरता” छ,
जहाँ प्रेम त्यहाँ “सुन्दर” हुन्छ !
तर सुन्दरता भित्र “प्रेम” नहुन सक्छ !
“दृस्ठिभ्रम” हुन सक्छ!
त्यसैले म अनौठो “दुबिधामा”
कहिलेकाही निकै “दुर” सोच्न पुग्छु !
आखिर “म” को हुँ !
मेरो “अस्तित्व” के हो ?
म “अश्विनी” हुँ वा “काली” वा सुन्दर “गुणवानी” !
मलाई कुन “आवरण”मा हेरिएको छ
कुन “नजर”ले घेरिएको छ !
मेरा “कर्म”हरु के हुन ?
मेरा “आचरण”हरु कस्ता छन ?
के मैले बयान गरे जस्तै
कुरुपता भित्र सुन्दरता खोज्छ मानिस ?
तर “मैले” मलाई नै बर्णन गर्द्छु,
हो आफैलाई बयान गर्छु !
स्वार्थी भन्नुस वा मपाइत्त्व
म “अश्विनी” हुँ ,
“काली” हुँ ,म प्रेम “रागिनी” हुँ ।
तपाईको प्रतिक्रिया