छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

सल्यान, १२ भदौ ।
आठ वर्षीया छोरीलाई बलात्कार गरी फरार बाबुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिकाका ३६ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । छोरीलाई पैसा दिई पटक पटक बलात्कार गर्दै आइरहेको पीडित पक्षले भदौ ८ गते जाहेरी दिएपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जबरजस्ती करणी गरी फरार रहेका बाबुलाई गाउँघरमै लुकिछिपी बसी रहेको अवस्थामा मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका निज बाबुलाई अदालतबाट म्याद थप गरी हिरासतमा राख थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । बन्दाबन्दीकैबीचमा सल्यानमा १५ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना घटी सकेका छन् ।

तपाईको प्रतिक्रिया