पुस्ता फेरियो तर गाउँको सिँचाई कुलो बनेन

प्रचण्ड खत्री
रुकुम पश्चिम, ११ भदौं ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको एक गाउँमा पाँचौ पुस्ता फेरिए पनि सिँचाई कुलोले निरन्तर पाएन । गाउँपालिकाको वडा नं. ४ खोलिबडगाउँ टोलमा जति योजना परेपनि त्यस ठाउँमा सिँचाई निर्माण हुन सकेको छैन । त्यस गाउँमा धेरै संघ संस्थाले लगानी गरेपनि लगानीको प्रतिफल पाउन सकेको देखिँदैन । अहिले पनि त्यस ठाउँका स्थानीय किसानहरु बर्षातको भरमा धान रोपाई गर्छन् भने हिउदमा गहँु रोप्नको लागि आकाशे पानीको भर पर्छन् ।

त्यस गाउँ, ठाउँका जान्ने बुझ्ने बुद्धिजिविहरुले पनि योजना ल्याएपनि किसानहरुले कुरा काट्ने गरेको स्थानीय किसान दिपेन्द्र केसीले जानकारी दिए । अहिलेसम्म सिँचाई कुलोलाई भनेर साढे ३ करोड खर्च भैसकेको अर्का किसान जीत बहादुर केसीले बताए । गाउँपालिकाको वडा नं. ३ को पानी छिर्ना खोलादेखि खोलीबडगाउँसम्म २ किलोमिटर सिँचाई कुलो रहेको छ ।

असारको १५ गतेसम्म रोपाई गरी सक्नुपर्ने भएता पनि सिँचाईको अभाबले यस ठाउँमा साउनको ३ गतेसम्म रोपाई हुने गर्दछ । समयमै बाली नलगाउँदा बाली उत्पादनमा कमि आउने बाफिकोट कृषि बिकास शाखाका कृषि प्राबिधिक टेक बहादुर खड्काले जानकारी दिए । कृषि प्राबिधिक खड्काका अनुसार समयमै बालि नलगाउनुले मात्र नभई त्यसमा हुने बृद्दिले पनि उत्पादनमा कमी ल्याउने बताए ।


त्यस गाउमा २७ घर दुरी भएता पनि टोलका सबै नमिल्नुको कारणले सबै खाले योजनामा गिरावाट आएको ६५ बर्षिय बृद्ध नन्दे खत्रीले बताए । सबै बजेटका योजना आएपनि बाढीले बगाईदिएको देख्न सकिन्छ । अहिलेसम्म स्थानीयहरुले थाहा पाएसम्म वडा नम्बर ५ को वडा कार्यालयले २ लाख, वडा नम्बर ४ को वडा कार्यालयले २ लाख पचास हजार उपाप रुकुम पश्चिमले २ लाख, साना सिँचाई कार्यालय रुकुम पश्चिमले ९ लाख गम्थले सामुदायिक बन उपभोक्ता समिलिले ३ लाख बजेट दिएता पनि त्यसको सहि प्रयोग हुन् सकेको छैन ।

बर्सै पिच्छेसम्म झारा गरेर त्यस ठाउँका स्थानीयले सिँचाई कुलोको काम चलाउ गर्दै आएको गुनासो छ । त्यस ठाउमा आएको बालुवाचौर खोलिबडगाउ डार्ने स्यार्पू दह सडक खण्डका कारणले पनि किलोमा अबरुद्ध भएको छ । माथीबाट आएको पहिरो र पहिरोसंगै आएको बाढीले धेरै जस्तो ठाउँमा बिगारेको र कुलोको दिल पनि बिगारेको छ । उता बाफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले सिँचाई कुलोको स्टामेट गरी प्रदेश सरकार र संघीय सरकारमा पठाएको र स्वीकृत पनि भैसकेको बताए । अबको आउँदो बर्षमा त्यस टोलका सबै स्थानीयहरुलाई झाडाबाट किलो निर्माण नगराउने बताउनु भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार