नगरपालिकालाई थाहा छैन आफनै वडा कार्यालय

लेख बुढा
डोल्पा, ११ भदौं ।
संघियताको पहिलो पाँच बर्ष बित्नै लाग्दा समेत नगरपालिकालाइ वडा कार्यालय थाहा छैन । डोल्पाको ठुलीभेरी नगरपालिकाको वडा नम्बर ६ को कार्यालय नै कहाँ छ भन्नेबारे नगरपालिकालाइ जानकारी छैन । वडा नम्बर ६ को कार्यालय सूरुवाती दिन देखी नै थरगाँउमा चलाउदै आएपनि पछि जनताको दवाबको कारण स्यारुपाटी भन्ने ठाँउमा सारिएको थियो ।

वडा कार्यालय स्यारुपाटी सारिएपनि नगरपालिकाले भने वडालाइ पत्राचार गर्दा कार्यालय मनपरी तोकेर पठाउने गरेको पाइएको छ ।  ताली, दुरगाँउ र थरगाँउ गरि एक वडा रहेको वडा नम्बर ६ मा हाल सबैको सहमतिमा स्यारुपाटीमा वडा कार्यालय स्थापना गरिएको भएपनि कामकाज भने थरगाँउबाटै गरिएको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए । वडा अध्यक्ष बुढाका अनुसार नगरपालिकाले वडालाई पत्राचार गर्दा कहिले ताली, कहिले दुरगाँउ, थरगाँउ र कहिले स्यारपाटी भनेर पत्राचार गर्दा जनता भन्दा पनि जनप्रतिनिधि नै दोधारमा पर्ने गरेको बताउँछन ।

हालसम्म नगरपालिकाले वडा नम्बर ६ मा पर्ने सबै गाँउमा वडा कार्यालयको नाम राखेर पत्राचार गर्ने गरेको वडा सदस्य मानबहादुर बुढाले जानकारी दिए । बुढाले भने हामी के आधार मानेर वडा कार्यालय यहि भनेर मान्ने नगरपालिकालाई हाल सम्म ६ नम्बर वडा कार्यालय कता छ भन्ने बारे नै जानकारी छैन कर्मचारीलाइ जहा मन लाग्छ त्यहि लेखेर पठाउने गरेको उनको आरोप छ ।

नगरपालिकाको केन्द्र बिबाद पछि वडा कार्यालय पनि वडाकै जनप्रतिनिधिहरुले मनोमानी चलाएको साँचो हो वडाका जनप्रतिनिधि नै दुईतिर लागेपछि हामीले थरगाँउमै राखेर वडा चलाएका हौ र हाल पनि त्यहिबाट सेवा दिएका छौ वडा अध्यक्ष धर्मलाल बुढाले ठोकुवा गरे ।  नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर राणाले भने हामीले वडा कार्यालय तोक्ने हैन यो राजनितिक बिषय भएको र वडा कार्यालयका जनप्रतिनिधिले जहा तोके त्यहि पत्राचार हुन्छ र कर्मचारीले त्यहि बसेर काम गर्ने बताए । राणाले भने पत्रहरु निमित्त हुदा लेखिएका होलान यसमा जनप्रतिनिधिले त्यसैबेलामा सुझाब दिनुपर्ने थियो अब त्यस्ता गलत हुदैनन जनप्रतिनिधिले जहा भने त्यहि कार्यालय सञ्चालन हुन्छ ।

नगरपालिकाबाट बिभिन्न समयमा सबै गाँउको नाम उल्लेख गरेर नगरपालिकाले वडा कार्यालय तोकेपछि आफुहरु नै झुक्कीएको र नगरप्रमुख सहितको टिमले वडाका जनप्रतिनिधिहरुलाइ पेलेरै लगेको आरोप वडा अध्यक्ष धर्मलाल बुढाले लगाए ।  सूरुवाती समय देखी नै ठुलीभेरी नगरपालिका वडा नम्बर ६ को कार्यालय कहा राख्ने भन्ने बिषयमा वडाका जनप्रतिनिधि बिचमा निकै ठुुलो बहस भएको थियो । पछि वडाकै बैठकले वडा कार्यालय स्यारुपाटीमा राख्ने र स्वास्थय चौकी थरगाँउमा राख्ने सहमति गरेर निर्णय गरेपछि वडा कार्यालय स्यारुपाटीमा सारिएको छ ।

तपाईको प्रतिक्रिया