हाप्किडो संघ जाजरकाेटकाे अध्यक्षमा शर्मा

जाजरकोट, ८ भदौं ।
जाजरकोटमा मार्शल आट्र्स हाप्किडो संघ गठन गरिएको छ । खेल क्षेत्रको दायरा फराकिलो पार्न र युवा पुस्तालाई खेलप्रति आक्रसित गर्न जिल्ला स्तरीय जाजरकोट मार्शल आट्र्स हाप्किडो संघ गठन गरिएको हो । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नव गठित कार्यसमितिको नामावली सार्वजनिक गरिएको थियो ।

हाप्किडो संघ धुर्ब लाल शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा गणेश अधिकारी, सचिवमा तिलक खड्का, कोषाध्यक्षमा राकेश हमाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा नवराज सुनार, सोमराज केसी, महेन्द्र बहादुर महतरा, रमेश चन्द, गिता हमाल र ललित विसी चयन भएको जनाइएको छ । जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा आधिकारिक रुपमा दर्ता गरी संघका क्रियाकलाप संचालन गर्न र स्थानीय स्तरमा आगामी दिनमा खेलकुदलाई बिशेष पहल र प्राथमिकताका साथ गरिने सचिब तिलक खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया