निषेधाज्ञा भदाै‌ १२ सम्म, उलंंघन गर्नेबाट साढे ९ लाख राजश्व

सुर्खेत, ८ भदौं ।
वीरेन्द्रनगरमा तेस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा तेस्रो पटक तीन दिन थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले वीरेन्द्रनगर बजार कोरोनाको उच्च जोखिममा रहेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा भदांै ९ गते राति १२ बजेसम्म दोस्रो पटक थप गरिएको थियो । तेस्रो पटक थप गरिएको निषेधाज्ञा भदौं १२ गते राती १२ बजेसम्म कामय हुने जनाइएको छ । पहिलो पटक मिति २०७७ साउन २९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं ५ गतेसम्म र दोस्रो पटक भदौं ४ गते बसेको केन्द्रको बैठकले भदौं ९ गते राती १२ बजेसम्म र तेस्रो पटक भदौं ८ गते बसेको बैठकले भदौं १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

उलंघन गर्नेबाट राजश्व                                                                                                                                                                                       सुर्खेत जिल्ला भित्र लकडाउन र निषेधाज्ञा शुरु भएदेखि मिति २०७७ भदौं ७ गतेसम्म उलंघन गर्ने सवारी साधन र मास्क प्रयोग नगर्ने व्यक्तिहरुबाट जरिवान अशुली तिव्र पारिएको छ ।

सुरक्षार्थ खटिने प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले भदौं ७ गतेसम्म ६५३ वटा निजी तथा सार्वजनिक सवारी साधनहरु कारवाहीमा परेको जनाइएको छ । ६५३ सवारी साधनबाट ७ लाख ७१ हजार ९ सय र माक्स प्रयोग नगरी घरबाहिर हिडडुल गर्ने १९७९ जना व्यक्तिहरुबाट १ लाख ९७ हजार ९ सय गरी कुल ९ लाख ६९ हजार ८ सय रुपैयाँ राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया