बाढीपिडितलाइ राहत लिएर मन्त्री ज्वाला सल्यान पश्चिममा

दुर्गा विसी
सल्लीबजार, ८ भदौं ।
सल्यान पश्चिममा केही दिन अघि आएको बाढीको क्षति बुझ्न र अनुगमन तथा राहत बोकेर कर्णाली प्रदेशका अर्थमन्त्री ज्वाला प्रभावित क्षेत्रमा पुग्नुभएको छ । प्राम्भिक राहत र बाढीपिडित क्षेत्रको विस्तृत अनुगमन गरिएको छ । बनगाड कुपिण्डे वडा नं. ४ निवासी प्रसुराम वुढा र हिरा वुढालाई राहत प्रदान गरिएको छ । प्रदेश सरकारले गरेको बीमाबाट घरवारविहीन भएका वुढा परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ ।

मास्टर प्लान बनाई बनगाड खोलाको तटबन्ध गरिने मन्त्री ज्वालाले बाढीपिडित नागरिक सामुबचन दिनुभएको छ । विस्तृत क्षतिको सम्बन्धि स्थानीय तहबाट डाटा संकलन गरी पुनःथप राहत दिइने जनाएको छ । केही दिन भित्र प्राविधिक खटाइ क्षतिको एकिन गरी स्टमेट अनुसार योजना अघि बढाइने जनाएको छ । सल्यान पश्चिम क्षेत्रमा बाढीले गरेको असरका सम्बन्धमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले समेत दुःख व्यक्तको सन्देश बोकी मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले नागरिकको दुखमा प्रदेश सरकार संधै तयार रहेको जनाउनुभयो ।

राहत पुनःस्थापनाका विषयमा कुनै ढिलाई नहुने उहाँको भनाइ थियोे । निकै सुष्म तरीकाले क्षतिको अध्ययन तथा अवलोकन गरी आवश्यक ठानेर राहतका कार्यक्रम ल्याउने जनाएको छ । बनगाड खोलामा खोलाले निकै क्षति गरेको छ । केही महिना अघि रोपेको धानबाली सेताम्मे बगरमा परिणत भएको छ । खेत कटान र पटानमा यहाँका नागरिक ठुलो पिडामा छन् । यहाँका नागरिकले मन्त्री ज्वालासँग अन्य राहत भन्दा पनि जमिन बचाउने कार्यक्रम ल्याइदिन विशेष माग गरेका छन् ।

बनगाडको खाने गाँस बाढीले खोसेको छ । खेतवार विहिन किसानलाई तटबन्ध हुने कुरामा विश्वत पारिएको छ । २ सय ५० बढी किसानको करिव एक सय विघाहा जमिन खोलाले बगाउनुका साथै पटान गरेको छ । बनगाड खोलामा तटबन्धको लागि दीर्घकालिन अवधारणा अपनाइ काम हुने जनाएको छ । प्रदेश सरकारको तर्फबाट यस्ता कुराहरु पहिलो प्राथमिकता पारिने जनाएको छ । बाढीपिडितसँग भेटघाट तथा आधारभुत राहत सामग्री हस्तान्तरण कार्यक्रम नेकपा नगर कमिटी अध्यक्ष किर्तिवहादुर राना सचिव गञ्जमान वुढा, नेकपा जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, दुर्गा बुढाथोकि, कर्णाली प्रदेश नेपाल रेडक्रस सोसाइटी सदस्यीय तथा नेकपा नेता गणेश विसी र ४ नं. वडा अध्यक्ष मोमत रोकाले कार्यक्रम सहजिकरण गर्नुभएको थियोे ।

तपाईको प्रतिक्रिया