डोल्पामा बिषालु च्याउ खाँदा चार सिकिस्त, हेलिकप्टरबाट उद्दार

रामचन्द्र न्यौपाने
डोल्पा, ८ भदौं ।
हिमाली जिल्ला डोल्पामा बिषालु च्याउ खाँदा चार जना सिकिस्त बिरामी परेका छन् । ठुलिभेरी नगरपालिकामा पर्ने पोखेपानी पाटनमा गोठालो बसेको अवस्था तरकारीको रुपमा च्याउ खाँदा चारै जना सिकिस्त भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

बिरामी पर्नेमा ठुलिभेरी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३१ का सूर्यबहादुर शाही, बर्ष ३३ का उत्तम शाही, वडा नं. ८ का बर्ष ४४ का सत्यबहादुर शाही र बर्ष ३३ का कमल बहादुर शाही रहेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।

उनीहरुले आइतबार सा“झ च्याउ खाए पनि सिकिस्त परेको खबर सोमबार बिहान ७ बजेमात्र आफुहरु कहाँ आएको र त्यस लगत्तै घटनास्थलमा प्रहरी खटाइएको प्रजिअ सुनारले बताए । उनीहरुलाई चारै जनालाई उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमा नेपालगञ्ज पठाइएको छ ।

बिरामी कुरुवासहित आठ जना भएकाले सिम्रिक एयरले दुई फ्लाईड गरेको प्रशासनले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हेलिकप्टर चार्टर गरी बिरामीलाई नेपालगञ्ज पठाइएको बताउँदै चारै जनाको अवस्था सिकिस्त रहेको ठुलिभेरी नगरपालिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया