लघुवित्तका चुनौती र समाधानका उपाय

सुर्यनारायण पुरी/सुर्खेत (युनिसेफ नेपाल काठमाडौंमा कार्यरत)

नेपाल राष्ट्र बैंङ्कमा दर्ता भएर आधिकारिक वित्तिय कारोबारो गर्ने अधिकार प्राप्त बैंङ्कहरु मध्ये लघुवित्तिय संस्था लि. राष्ट्र बैङ्को क्लासिफिकेसनमा (घ) वर्ग अन्र्तगत पर्ने वित्तिय संस्था हो । लघुवित्त वित्तीय संस्थाहरुको कार्यक्रम भनेको पिछडीएको समुदाय, विकट, दुर्गम तथा गाउँघरमा बसोबास गर्ने, जहाँ बैंङ्क तथा वित्तीय पहुच कम रहेका गाऊँघरमा बसोबास गर्ने परिवारलाई लक्षित गरी सानो सानो पू“जी सम्बन्धी कारोवार गर्नेलाई जनाउँछ । प्रत्येक आर्थिक वर्षमा राष्ट्र बैंङ्कद्वारा प्रकाशित मौद्रिक नीतिमा उल्लेखित लघुवित्त सम्बन्धी व्यवस्था अनुसार महिला दिदिबहीनीहरुको सामुहिक जवानीमा कर्जा लगानी तथा ब्याज बचत को कारोवार हुने गर्दछ । हाल नेपालमा कुल जनसंख्या मध्ये २५.२ प्रतिशत चरम गरीबीको रेखामुनी रहेको छ । यिनै न्युन आय भएका परिवारलाई लक्षित गरेर लघुवित्त वित्तीय संस्थाहरुले आ–आफ्नो कार्यक्रमहरु सञ्चालन गरिरहेका हुन्छन । देशको आर्थिक वृद्धि दरको चित्र हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर हाँसिल भएकोमा कोरोना महामारीले यो आर्थिक वर्ष २०७७/०७८ मा २.२८ प्रतिशतमा सिमित रहेको छ ।

लघुवित्त क्षेत्रका वर्तमान चुनौतीहरु
वर्तमान समयमा लघुवित्तको मुनाफा घटदो छ । शेयरको मुल्यमासमेत गिरावट हँुदैछ । लघुवित्तहरुसँग स्वयम सञ्चातित हुने पर्याप्त पुँजी कम छ । ग्राहकहरु कर्जा लिन डराईरहेका छन् । अर्थात कर्जा लगानी पर्याप्त हुन सकिरहेको छैन । ग्राहकलाई मासिक बचत गर्नको लागी समेत अप्ठेरो महसुस भईरहेको छ । कोरोना महामारीले गर्दा वैदेशिक रोजगारीमा गएकाहरुको फर्किने क्रम बढीरहेको छ । नेपालमै ज्यालादारी कामसमेत पाउने अवस्था पर्याप्त रहेको छैन । नेपालको निजी क्षेत्रमा काम गर्ने सुचिकृत भएको कर्मचारीहरुको झण्डै २२ प्रतिशतको रोजगार गुमेको छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढेको दिनदिनै प्रतिवेदनहरु आईरहेका छन ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रकाशित मौद्रिक नीतिले लघुवित्तहरुलाई दिइएको १८ प्रतिशत कर्जा ब्याजदर अधिकारलाई ३ प्रतिशत कटौती गरी १५ प्रतिशतमा झारिदिएको छ । वित्तीय संस्थाले कर्जा लगानी गरेको शिर्षकमा ग्राहकले कर्जा लगानी गरेनगरेको अनुगनम प्रभाभकारी हुन सकिरहेको छैन । समुदायमा एउटै ग्राहक धेरै लघुवित्तममा (Duplication) बसेकोले कर्जा सुरक्षित हुने वातावरण कम रहेको छ । यस्ता Duplication ग्राहकहरुको मासिक आम्दानी भन्दा तिर्ने रकम बढी हुने हुदा कर्जा तथा ब्याज समेत उठाउन हम्मे हम्मे भईरहेको छ भने लगानी गर्नलाई चुनौति बढीरहेको छ । नेपालमा झण्डै ३३ लाख महिलाहरु लघुवित्त क्षेत्रमा आवद्ध रहेका छन् । यो प्रक्रिया हरेकदिन बढ्दो दरमा रहेको हुने गर्दछ । तथ्यांक विभागकाअनुसार अहिले नेपालको जनसंख्या ३ करोड ३८ हजार पुगेको छ । कुल नेपालको ऋणलाई जनसंख्यसँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार ६ सय सरकारी ऋण पुगेको छ ।

यो नेपालको लागि ठुलो चुनौतीको विषय हो र विशेषगरी वित्तीय क्षेत्रले कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुरा हो । कुल जनसंख्याको २५.२ प्रतिशत चरम गरीवीको रेखामुनी रहेकोले वित्तीय संस्थामा आवद्ध ग्राहकको वास्तविक आम्दानी र ऊसँग भएको विशिष्ट सीपका आधारमा कस्तो प्रकृतिको ग्राहक हो भनेर लुघवित्तसँग कुनै आधिकारीक मान्यता प्राप्त तथ्याँक हुँदैन । कोरोना महामारीको निदान कहिले हुने कुनै टुङगो छैन । यि विविध बाहिर देखिने चुनौतीहरु हुन् । यस समयमा लुघुवित्त संस्थाहरुको कर्जा लगानी गर्ने, नयाँ ग्राहक बनाउने वा समुदायमा कार्यक्रम लैजादा केही प्रभावकारी रणनितीमा अवश्य पनी परिर्वतन हुन आवश्यक देखिन्छ ।

कस्ता रणनीतिहरु अपनाउने
कर्मचारीहरुको क्षमता अभिवृद्धि :
लघुवित्त क्षेत्रमा आवद्ध कर्मचारीहरुलाई विशिष्ट सीप क्षमता हेरेर वाणिज्य बैंङ्कहरु जस्तो जिम्मेवारी दिइएको हँुदैन । तसर्थ यो समयमा कर्मचारीहरुलाई समाजिक उत्प्रेरणा(Public Motivation) बारेमा पर्याप्त सीप दिनैपर्छ । यो वित्तीय संस्थाले लगानीको रुपमा बुझनु पर्दछ । जसले वित्तीय क्षेत्रको उद्देश्य पुरा गर्न र ग्राहकको आम्दानी विस्तार गर्नमा प्राविधिक पक्षहरु सजिलै ग्राहकलाई सन्तुष्ट हुने गरी सिकाउन र भन्न सकोस् ।

समुदायमा कार्यक्रम विस्तार :-
लघुवित्तको मर्म अनुरुप वित्तीय पहुचसँग पछाडी परेका समुदाय भनेका पक्कै पनी गरिवीको रेखामुनी रहेका हुन सक्छन । उनीहरुको आम्दानीको स्रोतको आधारमा र वित्तीय साक्षरताको महत्वका बारेमा समुदायका सबै अभिभावक तथा महिलाहरुलाई सामाजीक दुरी कायम गरेर पर्याप्त एकदिन वा दुई दिन छलफल गर्ने । वित्तीय साक्षरता बारेमा पर्याप्त ज्ञान भए पश्चात वित्तीय संस्थाको महत्वबारे बुझन सजिलो हुने छ । कार्यक्रम लागु गर्न सजिलो हुनेछ ।

वित्तिय संस्थाले संस्थाको मुनाफाको आधारमा समुदायमा जोडिँदा ग्राहक संरक्षण गर्ने उद्देश्यले समुदाय स्तरमा समस्या पहिचान गरेर खानेपानीका धारा, माछापालनका लागि पोखरी, कृषि उत्पादन, सिलाइकटाई मेशिन, होमस्टे र सिचाइँ कुलोलगायत केही प्राविधिक पक्षलाई विशेष ध्यान दिनु पर्दछ । यि पक्षहरुमार्फत समुदायमा जोडिँदा निर्जीवन बीमा कम्पनीलाई बिर्सनु हँुदैन । यस्ता कुराहरुले समुदायको आर्थिक आम्दानी वृद्धि हुने र लघुवित्तको प्रभाव पनी बढन सक्छ ।

कर्जा लगानी :-
कर्जा ग्राहकले विभिन्न उद्देश्यले माग गर्दछ वा लिन्छ । तर त्यो उद्देश्य के र पारिवारिक सल्लाह कतिको राम्रो भएको छ भन्ने कुराको हेक्का नराखेर नै कर्जा लगानी भयो भने त्यो ठुलो चुनौती हुने गर्दछ । यद्यपी ग्राहकले कर्जा लगानी गर्ने क्षेत्र, वर्तमान परिस्थीमा कस्तो छ वा जोखिम कत्तिको रहेको छ । यि विविध प्राविधक पक्षहरुलाई आँकलन गरेर ग्राहकलाई कर्जा लगानी गर्न सक्नु लघुवित्तहरुको मुख्य क्षमता हो ।

तर कोरोना रोग महामारीको समयमा ग्राहकहरुले कर्जा लिन खोज्दा लघुवित्तले कोरोना रोग महामारीभन्दा पहिलेकै मापदण्ड अपनाएर लगानी ग¥यो भने कर्जा कम लगानी हुने वा ग्राहक कर्जा लिन डराउने समस्या हुने गर्दछ । यद्यपी ग्राहकलाई कर्जा तिर्न सक्ने र लगानी क्षेत्र देखी मुनाफा हुने व्यवसायिक योजना बनाउन सिकाउने, कृषि क्षेत्रमा कर्जा दिदा ग्राहकलाई कृषि सम्बन्धी सीप दिने वा वित्तीय संस्थादेखी ग्राहकले कर्जा लिइएर लगानी गरीसकेपछी किस्ता ब्याज मात्र तिर्ने भन्दा आम्दानी पनी गर्न सक्छु भन्ने हेक्का वित्तीय संस्थाले दिन सक्नुपर्दछ ।

बचत :-
समुदाय स्तरमा बचतको कुरा गर्दा सहकारीहरुको नाम अगाडि लिने गर्दछन् । वास्तवमा बचतको बारेमा लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम पर्याप्त बुझाउन सकेन भने बचतमा पक्कै पनी समस्या हुने गर्दछ । तसर्थ बचत किन, कसरी, कति आदी विभिन्न कुराहरु सहकारीभन्दा लघुवित्त क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमहरु बढी हुने भएकोले समुदाय स्तरमा पर्याप्त जानकारी दिनु नै बचत बढाउनु वित्तीय संस्थाको क्षमता हो ।

माथि उल्लेखित कार्यक्रम विस्तार गर्दा, कर्जा लगानी गर्दा, बचत गर्दा अहिलेको समयमा स्वास्थ्यसँग सम्बन्धी नियम भने पालना गर्नै पर्दछ । यि विविध रणनीतिहरुको बारेमा तार्किक निष्कर्ष र संस्थागत निर्णय भई कार्यन्वयन भएमा लघुवित्त क्षेत्रको प्रभाव, ग्राहकको संख्या, मुनाफा रकम र अझ धेरै डिजीटल हुनमा महत्वपुर्ण हुनेछ । (लेखक : सुर्खेत निवासी उहाँ युनिसेफ नेपाल कार्यरत हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया