जाजरकोटमा पुस्तकालय स्थापना हुँदै

जाजरकोट, ८ भदौ ।
जाजरकोटमा वौद्धिक अध्ययन केन्द्र नामको पुस्तकालय स्थापना हुने भएको । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटको स्वामित्वमा रहने गरी खलंगाको ठाँटी बजारमा उक्त पुस्तकालय स्थापना हुन लागेको हो । केन्द्रका संयोजक जनक केसीको अध्यक्षतामा आइतवार सम्पन्न वैठकले पुस्तकालय स्थापना गर्ने निर्णय गरेको हो ।

जिल्लामा रहेका विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तिहरु, दलका नेता कार्यकर्ताहरु, विद्यार्थीहरुलाई गहन अध्ययनमा सहयोग गर्न लागि उक्त पुस्तकालयको स्थापना गर्न लागिएको वताइएको छ । अहिलेसम्म जिल्लामा समग्र विषयको पुस्तकालय नभएको र कुनै पनि विषयको अध्ययन गर्दा आवस्यक सामाग्रीहरु नपाइने गरेको समस्यालाई मध्यनजर गरी पुस्तकालय स्थापनाको काम अघि वढेको वताइएको छ ।


नेपाल र विस्वको राजनीति, नेपालका राजनैतिक पार्टीका कृषि अर्थ, परराष्ट, नीतिहरुका साथै उनीहरुको विचार, सिद्धान्तहरु , समाजवाद, साम्यवाद, जनवाद, लगायतका विषयमा लेखिएका पुस्तक तथा सामाग्रीहरु, विभिन्न क्षेत्रमा सफल व्यक्तिहरुका जीवनीहरु, नेपाल र छिमेकी देशको कला साहित्य, भाषा, सँस्कृति, भुगोल, इतिहास, अर्थशास्त्र लगाएतका विषयमा लेखिएका पुस्तकहरु संकलन गरेर व्यवस्थित रुपमा पुस्तकालय स्थापना गर्न लागिएको सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक जनक केसीले वताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार