गुर्भाकोट नगर प्रमुखलाई खुल्ला पत्र

आदरणीय नगर प्रमुख ज्यू,
गुर्भाकोट नगरपालिका, सुर्खेत
कर्णाली प्रदेश, नेपाल ।
हजुर स्थानीय चुनाबबाट नगर प्रमुख भएपछि पहिलो पटक कोरोनाका कारण खुल्ला पत्र लेख्दै छु । सामाजिक संजालमा आएका विभिन्न टिका, टिप्पणीले गर्दा आज ठिक ३ बर्ष पछाडी विश्व महामारी कोरोना बारेमा एउटा खुल्ला पत्र लेख्ने प्रयत्न गरेको छु ।

सर्बप्रथम त कोरोना कस्तो खालको रोग हो यसबाट बचन के गर्नुपर्छ भन्ने कुरा आम गुर्भाकोट नगरबासीहरुलाई बुझाउन सकियो भने धेरै हदसम्म काम गर्न सजिलो हुनेछ ।

२०१९ को आखिरी महिना डिसेम्बरमा चीनको बुह्रानबाट सुरु भएको कोरोनाको महामारीले अब संसारका कुनै देश अछुतो नहुने लगभग जस्तै देखिएको छ । चिनिया सरकारको जनताप्रति उत्तरयी र सक्षम नेतृत्वले गर्दा नै आज चीनमा धेरै मात्रामा नियन्त्रण भएको छ र पछिल्लो समयमा विश्व शक्ति राष्ट्र भनिने अमेरिकामा यहि रोगका कारणले गर्दा लाखौको ज्यान गुमाउँदै गरेको समाचार सञ्चार माध्यमबाट सुनिएकै छ र हाम्रो छिमेकी मित्र देश भारतमा पनि पछिल्ला केही दिनको आकडा हेर्ने हो भने दिनमा ५० सौ हजारका दरले सङ्क्रमण र प्रतिदिन हजारौ का दरले ज्यान गुमाएको समाचार पनि सञ्चार माध्यमबाट सुन्दै गरेका छौं । हाल नेपालमा पनि दिनानु दिन सङ्क्रमण संख्या दिनमा झण्डै हजारौ सङ्क्रमण दर र ज्यान गुमाउने को संख्या दोबर रुपमा हुँदै गरेको देखिएको छ ।

गुर्भाकोटमा १५ दिन जति पुर्ण रुपमा निषेधाज्ञा जारी गरी कम्तिमा प्रत्येक वडामा स्थानीय सरकारको हैसियत अनुसार समुदायमा जाँच गर्ने ब्यबस्था मिलाउ । सरकारी महसुल बिना जरिवान (बिजुली ,पानी,मालपोत) इत्यादि महामारी नियन्त्रण पश्चात बुझाउने ब्यबस्था गरौं । विभिन्न धार्मिक तथा सामाजिक कामहरुलाई प्रतिबन्ध लगाउन सक्छौ नियम कडाई साथ लागू गर्ने र उलंघन गर्नेलाई जरिवाना गर्ने गरौं । अलपत्र यात्रुलाई सम्बन्धित ठाँउमा समन्वय गरी उद्दार गरौं । भबिष्यलाई ध्यानमा राखी क्वारेन्टाइनको क्षमता बढाउँ ।

जनता यस्तो महामारिमा पनि चरम महङ्गिले पिलसिरहेका छन् महङ्गी नियन्त्रणमा विशेष जोड दिउ । सकिन्छ नगरपालिकाको निःशुल्क कोरोना समबन्धि हर्टलाइन टेलिफोन नम्बर को ब्यबस्था गरांै । आजको मितिसम्म त कोरानाका कारण गुर्भाकोट नगरपालिकामा अप्रिय घटना र महामारी फैलिएको स्थिति छैन् तर स्थिति यदि नियन्त्रण बाहिर गयो भने हजुर त स्थानीय सरकार प्रमुख भएको नाताले जनताहरुले प्रश्न नउठाउलान भन्न सकिँदैन तसर्थ समयमै समेमित हौं केही पहल गरौं ।

जय थापा
हाल गुर्भाकोट नगरपालिका वडा नं.–४, सुर्खेत
कर्णाली प्रदेश, नेपाल

तपाईको प्रतिक्रिया