बालबालिकालाई स्वअध्ययन अभ्यास पुस्तक वितरण

जाजरकोट, ७ भदौं ।
कुशे गाउँपालिकामा बाल विकास केन्द्रदेखि कक्षा–३ सम्मका बालबालिकालाई स्वःअध्ययान अभ्यास पुस्तिका वितरण गरिएको छ । पहाडी क्षेत्र विकास र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा सञ्चालित सहयात्रा र अवसर परियोजनाबाट कुशे गाउँपालिकाका ४२९३ जना बालबालिका पुस्तिका वितरण गरिएको हो । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरनै बालबालिकाहरुले सहज तरिकाले अध्यापन गर्न पाएका छैनन ।

टिभी शिक्षा, दुर शिक्षा रेकडेडका माध्यमबाट शिक्षा लिइरहेका छन् । यसरी उपलब्ध गराउने शिक्षा विद्युतीय साधन र प्रविधिहरुको पहुँच भएको स्थानमा सहज भएको छ तर नेपालको सबै सथानमा विद्युतीय र प्रविधिको पहुँच नपुगेको कर्णाली प्रदेशका कालीकोट, हुम्ला, मुग, डोल्पा र जाजरकोट जस्ता विकट विद्युतीय श्रोत साधनको पहुँच नभएको जिल्लाका बालबालिकाहरुले शिक्षा लिएका छैनन् ।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका जुम्लाको सिमानासंग जोडिएको पालिका हो जहाँ विद्युतीय श्रोत साधनको पहुँच कहि छैन । सरकारले कोरोनाका कारण देशभर लकडाउन शुरु गरे यता यस पालिकामा बालबालिकाहरुले सहज तरिकाले अध्यापन गर्न पाएका छैनन् । गएको अप्रिल महिनामा सेभ द चिल्ड्रेनको सहयोगमा नमुनाको रुपमा केही बालबालिकालाई कक्षा–१, २ र ३ को अभ्यास पुस्तिकाहरु उपलब्ध गराइएको थियो ।

दैनिक कार्य तालिका अनुसार अभिभावकले अध्यापन गराएका थिए । लामो समयसम्मको बन्दाबन्दीले बालबालिकाको भविष्य अन्यौल भएको विद्यालयमा सञ्चालनमा स्थानीय सरकारले निर्णय लिन नसकिरहेको अवस्थामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान संस्थाले कक्षा बाल विकास केन्द्रदेखि कक्षा–३ सम्मको बालबालिकाहरुको लागि नेपाल सरकारले तय गरेको पाठ्यक्रममा आधारित स्वअध्ययन अभ्यास पुस्तिका (पाठ्यपुस्तक) बालबालिकाको हातहातमा पुरयाएको छ । जसबाट ४२९३ जना बालबालिकाहरु प्रत्येक्ष लाभान्वित भै आआफ्नो घरमा सोही अभ्यास पुस्तिकामार्फत बालबालिका अध्ययनरत रहेका छन् ।

अभिभावक बालबालिकाहरुको अहिले विद्यालयमा भर्ना संख्यामा वृद्धि भएकाले स्वअध्ययन अभ्यास पुस्तिकाको पनि कमी भएको सहयात्रा दोस्रो परियोजनाको कार्यक्रम संयोजक चन्द्र बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । पहाडी क्षेत्र विकास अभियानमार्फत तत्काल कक्षा–४ र ५ का लागि स्वअध्ययन अभ्यास पुस्तिका उपलब्ध गराइ बालबालिकाहरुलाई घरमा अध्ययन गर्ने बानीको विकास गराउने, पालिकासंगको समन्वयमा प्रत्येक वडामा सिकाई केन्द्र स्थापना र बालबालिकाको लागि साउण्ड बक्सबाट अध्यापन कार्य संचालन भएको सेभ द चिल्ड्रेनको प्राविधिक शिक्षा संयोजक प्रमोद न्यौपानेले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया