दुर्गा विसी
सल्लीबजार, ७ भदौं ।
तीन दिन अघि परेको अविल वर्षाका सल्यान पश्चिममा ठुलो धनजनको क्षति पुरयायो । बनगाड खोलामा आएको बाढीका कारण करिव १ सय विघाहाको हाराहारीमा खेतीयोग्य जमिन कटान भएको छ । बनगाड खोलाले एक जनाको ज्यानै समेत लियो भने हालसम्म उक्त खोलाले बगाएका व्यक्तिको लास भेटिन सकेको छैन । त्यसैगरी वडा नं. ४ गर्छे सिस्नेपातलमा प्रसुराम बुढाको घर बगाएको छ ।
मानविय क्षति हुन नसके पनि पशुचौपाय, धनमाल सबै बगायो । घर नजिकैको पिपलको जरा समाएर बुढाले सिंगो परिवार भने बचाए । बुढाको परिवार भने खैरागार माइतीको घरमा बसेका छन् । झ्याउ खोलाका कारण गर्चे बजार, लाँखर जोडिएको स्थानीय सडकका कारण मैनेनी गाउँ, स्थानीय सडककै कारण विउरयानि गाउँसमेत पहिरोको उच्च जोखिममा परेको छ ।
त्यसैगरी अत्याधिक वर्षाका कारण वडा नं. ५ को मैनेनी, लाखरका केही स्थानीयको घरहरु समेत उच्च जोखिममा परेका छन् । वडा नं. ५ को लाँखर, कारागाउँ, त्रिभुवन जनता मावि शंखपिपल स्कुल, शंखपिपल वजार, वडा नं. १ देवस्थल र माल्पे जिउलाको खानेपानीको मुहानसँगै र पाइपहरु बगाएको छ । बाढीले ठाउँ ठाउँमा ठुलो क्षति गरेको छ । बाढी नै पसेर सल्लीबजारको गैलीवजारमा रहेको मुनि फर्निचर उद्योगको घरसँगै काष्ठ उद्योगमा क्षति गरेको छ ।
सल्यान पश्चिममा करोडौंको क्षति भएको छ तर कहि कतैबाट अनुगमन र त्यसको अभिलेखिकरण नहुँदा नागरिक निरास बनेका छन् । खोला आसपासका खेतीयोग्य जमिन सेताम्य बगरमा परिणत भएको छ । २ सय ५० बढी जनाका एक सय विघाहा भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाँकी कटानसँगै पटान भएको छ । गर्चे बजारदेखि बनगाड खोलाको पुच्छर मसानघाट सम्म खेतीयोग्य जमिनमा निकै ठुलो असर पारेको छ ।
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका जनप्रतिनिधिले समेत व्यवस्था गरेको स्थानीयको भनाइ छ । मान्छे बगेको छ । नागरिकको सम्पत्ति गुमेको छ तर हामीले शान्त्वनासमेत नपाएको इन्द्र विसिको दुखेसो छ । तटबन्ध नहुँदा आफ्नो खाने गाँस, बस्ने बास बाढीले खोसेको उनको दुखेसो छ । यो पीडा, दुख कहाँ कसरी कसलाई भनौं ?
यसरी नै खाने गासको एक मात्रै जोह खेतीयोग्य जमिन खोलाले बगाएपछि यहाँका अधिकाँश नागरिक पिडामा छन् । भरपर्दाे र गतिलो तटबन्ध नहुँदा बनगाड जिउलामा खेतीयोग्य जमिनमा खोलाले ठुलो क्षति गरयो । ३ दशक विचमा यो सबैभन्दा ठुलो बाढी आएको छ । नजिकैको स्थानीय सरकारले समेत कुनै वास्ता देखाएको छैन ।
युग संवाददाता । । ७ भाद्र २०७७, आईतवार १५:३९