रामचन्द्र न्यौपाने
डोल्पा ७ भदौ
सदरमुकाम दुनैमा अस्पताल बनाउनका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा दश करोड रकम बिनियोजन गरेको छ । पन्ध्र शैयाको अस्पताललाई बडाएर पचास शैयाको बनाउने बहु बर्षिय आयोजनाका लागि प्रदेश सरकारको आव ०७७/०७८ को निति तथा कार्यक्रममा पारेर दश करोड बजेट बिनियोजन गरिएको हो ।
नयाँ बन्ने अस्पतालका लागि मन्त्रालयले बिस्तृत परीयोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारि सकेको छ ।तर,मन्त्रालयले अस्पतालको डिपिआर पुरानै शैलीको तयार पारेको भन्दै जिल्लामा ब्यापक बिरोध भएको छ । नयाँ बन्ने अस्पतालको संरचनामा स्थानीय सामग्री तथा जस्ता पाता प्रयोग गरेर पुरानै शैलीको एक तले बनाउने गरि डिपिआर तयार पारेपछि जिल्लामा चर्को बिरोध भएको हो ।
पुरानो डिपिआरको बिरोध अस्पताल व्यबस्थापन समिति,निर्वाचित सांसद बिद्यार्थी नेता,स्वास्थ्यकर्मी,नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजिवि लगाएतका सरोकारवाला पक्षले गरेकाछन् । पुरानो डिपिआरको बिरोधमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु समेत उत्रियएका छन् । जिल्लाको एक मात्र अस्पतालको संरचना निर्माण गर्ने कुरा सोच बिचार गरेरमात्र गर्नुपर्ने भएकाले पुरानो डिपिआर सच्याउन उनिहरुले माग गरेकाछन् । सरकारको करोडौँ रुपैयाँ रकम खर्च गरेर बिस पच्चीस बर्ष अघि बनाएको जस्तै पुरानो संरचना निर्माण गर्न नदिने ठुलिभेरी नगरपालिका ३ का समाजसेवी ओमेन्द्र केसीले बताए ।
हिजोको जस्तै डोल्पा सोचेर निर्माण सामग्री नपाइने बहानामा पुरानौ डिपिआरमा टेकेर निर्माण प्रक्रिया अगाडी बडाईए आन्दोलनमा समेत उत्रिने उनले चेतावनी दिए । “डोल्पासम्म सडक पुगेको दुई बर्ष भइसक्यो,व्यक्तिका घरहरु समेत पिल्लरवाल पक्की बन्न थालिसके,सार्वजानिक अस्पताल पुरानै शैलीको बनाउने गरि डिपिआर तयार पार्नु हामिले हेपिएको महशुस गरेका छौँ ”नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले भने ।
“डोल्पालीले सहि समयमा बिरोध गरेकाछन्,अझै बिग्रेको केही छैन्,पक्की पिल्लरवाला बहुतले भवनको डिपिआर बनाएर सोही अनुसार निर्माणको प्रक्रिया अगाडि बडाउन मन्त्रालयलाई आग्रह गर्छौ ।” डिपिआर सच्याउने कुरामा सामाजिक विकास मन्त्री दल रावलले नमानेको बुझिएको बुढाको भनाई छ । यता स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल स्वास्थ क्षेत्र सहयोग कार्यक्रमका प्रमुख सल्लाहकार सुनिल खड्काले स्थानीय सामग्रीहरु प्रयोग गरेर भुगोल सुहाउँदो,बलियो भवन निर्माण गर्नकै लागि डिपिआर तयार पारिएको बताए । यदि डिजाईन परिवर्तननै गनुपर्ने भए सामाजिक विकास मन्त्रालय सुर्खेतबाट पत्र लेखेर स्वास्थ्य मन्त्रालयल काठमाण्डौ लाई पठाउन लगाउनु पर्ने र त्यसपछिमात्रै आफुरुले पक्रिया अगाडि बडाउने उनको भनाई छ ।
राजनितिक दल र जनप्रतिनिधि गुहार्दै
दश करोडमा बन्न लागेको जिल्लाको एक मात्र अस्पतालको पुरानो डिपिआर सच्याएर नयाँ डिपिआरका लागि पहल गरिदिन जिल्लाका राजनितिक दल र सांसदहरुलाई डोल्पालीले आग्रह गरेकाछन् । जिल्लामा बन्ने संरचना दिगो एवम् भरपर्दो बनाउन लगाउने दायित्व सबैको भएकाले यस बिषयमा सम्बन्धित निकायमै पुगेर बोल्न आग्रह गरेकाहुन् ।
अस्पतालको डिपिआर सच्याउन पहल गर्ने भन्दै दुई पटक जिल्लामा सरोकारवाला पक्षको बैठक बसिसकेको छ । दुबै पटकको छलफलबाट पुरानो डिपिआर सच्याई समय सुहाँउदो पक्की,अपाङ्ग,बालबालिका,ज्येष्ठ नागरिक र महिला मैत्री भवन निर्माणको पक्रिया अघि बडाउन सामाजिक विकास मन्त्रालयलाई ध्यानकर्ष गराइएको छ ।
“त्यतिमात्र नभई जिल्ला समन्वय,जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालय र जिल्लाबाट निर्वाचित सबै सांसदहरुलाई छुट्टा छुट्टै पत्र लेखेर यसबारे बोल्न आग्रह गरियो,कतिपयबाट सकारात्मक कुरा आयो कतिपयले फोननै उठायनन्”नागरिक समाज डोल्पाका अध्यक्ष बुढाले गुनासो गरे ।
आफुहरुको केन्द्र र प्रदेशसम्म पहुँच नपुग्ने भएकै कारण जनप्रतिनिधि र राजनितिक दललाई आग्रह गरिएको उनको भनाई छ । पुरानो डिपिआरका बिषयमा बोल्न जिल्लाका केही राजनितिक दलले आधिकारीक पत्र खोजेको भन्दै आपत्ति समेत जनाईएको छ । डिपिआरका बिषयमा बिभिन्न सञ्चारमाध्यामहरु व्यापक चर्चा परिचर्चा हुँदा समेत यस बिषयमा बोल्न आधिकारीक पत्र खोज्नु दुखत कुरा भएको सरोकारवालको बुझाई छ ।
प्रदेशमै पुग्छौ अस्पताल ब्यवस्थापन समिति
जिल्ला अस्पतालको पुरानो डिपिआर सच्याउने बिषयमा धेरै पटक केन्द्र र प्रदेशमा आग्रह गर्दा समेत सुनुवाई नभएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र रोकायले बताए । यस बिषयमा डोल्पाबाट निर्वाचित पुर्व राज्यमन्त्री धनबहादुर बुढा र प्रदेश क बाट निर्वाचित कर्णाली प्रदेश उद्योग पर्यटन बन तथा बबातारण मन्त्री नन्दसिँह बुढालाई समेत कुरा गरेको बताए । “अहिलेको जमानामा पुरानै शैलीको भवन कुनै हालतमा मान्य छैन्,डिपिआर सच्याउने बिषयमा आवाश्यक सहयोग गर्न जिल्लाका सबै सांसदहरुलाई आग्रह गर्छु,यदि सुनुवाई नभए सुर्खेतमै पुग्न तयार छु”उनले भने ।
युग संवाददाता । । ७ भाद्र २०७७, आईतवार १२:२०