सल्यान, ७ भदौ । (युस)
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बाढीपहिरो पिडितलाई राहत, क्षतीपूर्ती र पुर्नस्थापनाको ब्यबस्था गर्ने जनाएका छन् । सल्यान जिल्लाका बिभिन्न ठाँउहरुमा बाढीपहिरोबाट भएको क्षतिको उचित मूल्यांकन गरी प्रदेश सरकारबाट आवश्यक राहत, क्षतिपूर्ति र पुर्नस्थापनाको ब्यबस्था गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको बिभिन्न वडा र बनगाड खोला आसपास, बागचौर नगरपालिका वडा नम्बर १२ बाफुखोला, छत्रेश्वरी गाउपालिका, शारदा नगरपालिका लगाएत जिल्लाका बिभिन्न स्थानमा बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीले घरगोठ, गाइबस्तु, खेतबारी, खानेपानी, सिचाई, विद्यालय भवन, सडक लगायत लगायतको क्षेत्रमा क्षति पुगेको छ । विपत्तिमा राहत र उद्दारमा जुट्न समेत जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
युग संवाददाता । । ७ भाद्र २०७७, आईतवार ०७:११