रामकुमार बस्नेत
बिशेषत शिक्षालाई राजनीतिक ब्यवस्थाले प्रभाव पार्ने गरेको हुन्छ । जस्तो राजनीतिक ब्यवस्था भयो त्यही अनुकुलको शिक्षा प्रणाली तयार गरिएको हुन्छ । नेपालकै सन्दर्भमा राणा शासल कालमा राणा शासन काललाई नै मजवुत गराउने खालको शिक्षा प्रणली र नीतिहरुको अनुसरण गरिएको थियो । राणा शासनको अन्त्य पश्चात नेपालमा २००७ सालमा प्रजातन्त्रको सुत्रपात भयो २% मात्रै साक्षरता रहेको अवस्थामा जनता लाई अधिकतम साक्षर र चेतनशील बनाउने , श्वतन्त्रताको मूल्य र मान्यता सिकाउने खालको शिक्षा नीतिको बिकास गरियो । बि.स. २०१७ सालमा जव नेपालमा एक तन्त्रीय पञ्चायती ब्यवस्था राजा महेन्द्रबाट लागुू गरियो त्यस पश्चातको शिक्षा पनि ब्यवस्था अनुकूल हुने गरी राष्ट्रियता , पञ्चायत र राजतन्त्रीय ब्यवस्थाको गुणगाण गाउने गरी शिक्षा ब्यवस्था लागू गरियो । २०४७ सालको प्रजातन्त्रको पुर्नबहाली पछि पुन शिक्षाको नीतिमा ब्यापक हेरफेर गरियो रबहुदलीय ब्यवस्था अनुकूलको शिक्षा प्रणाली लागू गरियो । यहि बिचमा राजा ज्ञानेन्द्रले “कू” गरे तत्पश्चात पनी शिक्षाको नीतिमा परिवर्तन गरियो । र दोस्रो जनआन्दोलन २०६२/०६३ को सफलता पछि शिक्षामा पुनः बहस शुरु भयो र संघीय गणतन्त्रात्मक ब्यवस्थाअनुकुलको शिक्षाका बारेमा बिभिन्न बहस , छलफल, नीति, प्रतिबेदन तथा कार्यक्रमहरु सार्वजनिक भएका छन ।
माथी पृष्ठभूमीमा उल्लेखित ब्यवस्थाहरुका सन्दर्भमा जनस्तरमा ब्यापक बहस गराई ब्यवस्थाको सान्दर्भिकता र महत्व जगाउने काम यो देशका सम्मानित शिक्षकहरुले नै गरे, भलै ब्यवस्थाहरु ल्याइए शिक्षाका नीतिहरु बदलिए , पाठ्यक्रम बदलिए ऐन कानुन बदलिए पनि शिक्षा क्षेत्र जस्तो महत्वपूर्ण क्षेत्र हाक्ने शिक्षकहरुको चेतना कुनै नीति, कानुनले बदल्न सकेन र शिक्षकहरु ह्मेशा लोकतन्त्र, श्वतन्त्रता र जनताको शासनको पक्षमा उभिरहे र नेपालमा भएका जनपक्षीय आन्दोलनमा शिक्षकहरुको अपार सहयोग र समर्थन भयो र नेपालमा संचालन भएका सबै जनपक्षीय आन्दोलन चाहे त्यो बि.स. २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलन होस , चाहे निरकुंश पञ्चायत बिरुद्धको आन्दोलन होस, चाहे बि.स. २०६२/०६३ को महान जनआन्दोल होस शिक्षकहरुको भूमिका ऐतिहासिक र महत्वपूर्ण छ ।
नेपालकै सन्दर्भमा राजनीमा आएका जति पनि ब्यक्तिहरु छन ती अधिकांश शिक्षक पृष्ठभूमीका छन भने केही शिक्षकहरुबाट नै राजनीतिक रुपमा दिक्षित भएका छन । कयौ राजनीतिक ब्यक्तिका भनाई सुन्नमा आउछ हलानो सरले कम्यूनिष्ट राजनीतिका बारेमा प्रशिक्षित गर्दिनु भयो र म कम्यूनिष्ट भए अथवा हलानो शिक्षकले प्रजातन्त्रका मूल्य र मान्यता र श्वतन्त्रताको बिचारबाट प्रभावित भएर म प्रजातन्त्रबादी भए र प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए यसरी आफ्ना राजनीतिक अनुभव सुनाईरहेका हुन्छन । यो श्वभाविक हो एउटा कुरा त विद्यालय शिक्षाको लक्ष्य नै असल र सक्षम राजनीज्ञ र कुशल प्रशासक , दक्ष डाक्टर इन्जिनियर र सभ्य नागरिक निर्माण गर्नु नै हुन्छ र त्यो काम विद्यालय शिक्षा बाट नै संभव छ बाहिर ( विश्वविद्यालय ) तहबाट संभव छैन ।
यसरी बिद्यालय शिक्षामा नै राजनीति सम्बन्धि बिषयबस्तु (राज्य, शासन, सिद्धान्त ( बाद ) , श्वतन्त्रता, राजनीति , देश, सिमा, अनुशासन ,संस्कार मानवअधिकार र बिशिष्ट राजनीतिक ब्यक्तिका जीवनीहरु ) समाबेश गरिएको हुन्छ । श्वभाविक छ एउटा शिक्षकले शिक्षण गर्दै गर्दा सन्तुलित बिचार राख्दै गर्दा उक्त शिक्षकले प्रतक्ष्य—अप्रतक्ष्य आफ्ना बिचारहरु नी ब्यक्त गरिरहेको हुन्छ र पभाव बिद्यार्थीमा पर्न जान्छ यसरी हेर्दा शिक्षकले सिद्धान्त र बिचार बाट ओतप्रोत बिद्यार्थी उत्पादन गर्छ र यो असल राजनीतिका लागि ठूलो क्रान्तिकारी योगदान हो । बिचारबाट ओतप्रोत भएका राजनीतिकर्मीहरु राष्ट्र र जनताप्रति हमेशा इमान्दार रहने गर्छन र यसमा विद्यालयले बिशेष ख्याल गर्नुपर्छ र विद्यार्थीमा बहस सृजना गरिदिनुपर्छ । अहिलेको बिचार शून्य राजनीतिक कर्मीको अभावलाई बिद्यालयबाट नै योगदान दिइ कम गर्न सकिन्छ । र यसमा शिक्षकको भूमिका अझै महत्वपूर्ण छ ।
नेपालका सफल जनआन्दोलनहरुलाई सफल बनाउन योगदान गर्ने , बिचार र सिद्धान्तको राजनीति प्रेरित गर्ने शिक्षकलाई बेला बेलामा राजनीति गर्ने गरेको आरोप लागेको छ यो आरोप केही अर्थमा सही नी नेपालको सन्दर्भमा हेर्दा धेरै प्रधानमन्त्री, मन्त्री, सांसदहरु लगायत अन्य जनप्रतिनिधिहरु शिक्षक पेशा अंगालेका ब्यक्तिहरु धेरै बनेका छन यो अवस्था बि.स. २००७ साल देखि जनआन्दोलन २०६२÷०६३ सम्म बढी देखिन्छ र शिक्षक पृष्ठभूमीबाट आएका राजनीतिक कर्मीहरु अझै पनि राजनीतिक अस्तित्वमा छन । शिक्षक सहकर्मी, अभिभावक , विद्यार्थीबिच नियमित अन्तरक्रिमा भइरहने सामाजिक अन्तररक्रियामा नियमित भइरहने कारणले गर्दा पनि राजनीतिक दलहरुले प्रयोग गर्ने र चुनाव जितेर जाने प्रबृतिका कारणले पनि शिक्षकलाई राजनीतिक गरेको आरोप लागेको हो ।
नेपालको परिवर्तनको सन्दर्भमा यति ठूलो भूमिका खेलेको शिक्षकको पराकिलो पेशागत बिकास र सम्मानका सन्दर्भमा भने कहिकतै कुनै पनि राजनीतिक दल र ब्यवस्थाले चासो सम्म पनि देखाएन शिक्षकलाई राजनीति गरेको आरोप लगाएर पन्छिन कोही मिल्दैन हाम्रो समाज, राजनीतिक ब्यवस्था रहेसम्म शिक्षक राजनीतिबाट अलग हुनै सक्दैन बरु अव राजनीतिलाई सही, सभ्य र संस्कारयुक्त बनाउन शिक्षकको हौसला, मर्यादा र सम्मानको उच्च बिकास गर्नुपर्छ तव मात्रै हामीले चाहे जस्तो ब्यवस्था र संस्कार बिकास हुन सक्छ । (लेखक :– कृष्ण मावि लेखसँग्रही सल्यानमा निमावि तह सामाजिक विषयमा कार्यरत शिक्षक हुनुहुन्छ ।)
युग संवाददाता । । ६ भाद्र २०७७, शनिबार १७:३२