कालीकोटमा पनि निषेधाज्ञा लाग्याे

कालीकोट, ६ भदौ ।
शुक्रबार रातिदेखि कालीकोटमा पनि निषेधाज्ञा लागु गरिएको छ । १० गते राती १२ गतेसम्म निषेधाज्ञा लागु गरिएको हो । शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठले पाँच दिनका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए ।

प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिपछि निषेधाज्ञा गरिएको हो । शुक्रबार मात्रै कालिकोटमा एकजना प्रहरीसहित दुई जनामा संक्रमण पुष्टि थियो । संक्रमित भएको नाग्म बजारक्षेत्र सिल गरिएको छ । कालिकोटसँगै कर्णालीका निषेधाज्ञा लागु हुने जिल्लाको संख्या पाँच पुगेको छ ।

कर्णालीका दश जिल्लामध्ये सुर्खेतको वीरेन्द्रनगर, दैलेख, मुगु, जुम्ला र रुकुमपशिच निषेधाज्ञा लगाइएको हो । हप्तादिनदेखि जुम्लामा अनिश्चितकालिन, मुगुमा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा लगाइएको हो । तर रुकुमपश्चिममा भने निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

तपाईको प्रतिक्रिया