मास्कको प्रयोग अनिवार्य गराउन सिडिओलाई निर्देशन

सुर्खेत, ६ भदौ ।
कोरोना भाइरसको रोकथामका लागि कर्णालीका सबै जिल्लामा सुरक्षा मापदण्ड कडाइका साथ लागु गर्न निर्देशन दिइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । शुक्रबार प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठक (भिडियो कुराकानी) मा मुख्यमन्त्रीले कोरोना संक्रमण रोक्न आवश्यक सुरक्षासतर्कता अपाउन सुझाव दिएका हुन् ।

जिल्लाको अवस्था बुझ्न र प्रदेश सरकारबाट हुन सक्ने सहयोग बुझ्न बैठक बोलाइएको थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना रोकथामका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिएका हुन् । नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको बताउँदै लक्षणसहितको संक्रमण बढेकोले सबै जिल्लामा उच्च सतर्कताका निर्देशन दिएका छन् ।


जिल्लामा हुने मेला, महोत्सव, दलहरुका कार्यक्रम बैठक र भिडभाड हुने गतिविधि रोक्न निर्देशन दिएका छन् । सबै जिल्लालाई स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् । प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा अक्सिजन, कम्तिमा एउटा भेन्टिलेटर र पाँचदेखि सातवटा आईसियु बेड व्यवस्था गर्न लागेको जानकारी दिए ।

साथै वर्षायामका कारण बाढी, पहिरोजस्ता प्राकृतिक विपदवाट क्षति बढेकोतर्फ चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले उद्धार, उपचार, राहात तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन कुनै घटना घटेमा आवश्यक समन्वय गरी काम गर्न निर्देशन दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार