दलितमाथि कुटपिट गर्ने चारजना पक्राउ

कालिकोट, ५ भदौ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले जातिय विभेद गरी कुटपिट गर्ने चारजनालाई पक्राउ गरेको छ । जिल्लाको शुभकालिका गाउँपालिका ८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गर्ने स्थानीय चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा शुभकालिका गाउँपालिका ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं. ६ निवासी २२ वर्षीय अर्जुन शाही, वडा नं. ८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल पक्राउ परेका हुन् । उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटनाको बारेमा विस्तृतरुपमा अनुसन्धान सुरु गरिएको डीएसपी ओलीयाले बताए ।

तपाईको प्रतिक्रिया