सल्ली–रुकुम चौरजहारी सडक बर्षाले छेदविच्छेद

दुर्गा विसी
सल्लीबजार, ४ भदौं ।
सल्यान सल्लिवजारदेखि रुकुम चौहरजारी सडक खण्डमा भारी वर्षाका कारण छेद विच्छेद बनेको छ । रुकुम पश्चिम र सल्यानका स्थानीय यतिखेर सडकमा गाडी गुड्न नसक्ने भएपछि पैदल हिड्नुपरेको छ । सडक बनेको करिव १५ वर्ष बिति सक्यो । स्तरवृद्दिको नाममा करोडौं रकम समेत बर्षेनी खर्चिन्छ । सडकमा बर्षा याममा गाडी गुढ्न सकिरहेको भेटिँदैन ।

उक्त सडक खण्डको बनगाड खोला र स्यानीपिपली मर्म खोलामा समेत पुल नहुँदा सडकको जिर्णतासँगै थप समस्या रहेको छ । बनगाड खोलामा बन्दै गरेको पक्की पुलको काम ढिलाई र स्यानी पिपलीमा पुल नहुँदा खोला बढेपछि प्रय आवत जावत ठप्प नै रहने गरेको स्थानीय नेत्र थापाको दुखेसो छ । एक दिन अघि परेको अविल वर्षाले झन्डै धेरै ठाउँमा सडक वगाएको छ ।खोलाहरुमा सयौं मिटर चिरेको छ । बनगाड कुपिण्डे नगरपालिकाको केही क्षेत्र र कुमाख गाउँपालिका खारखोला आसपासमा पैदलसमेत हिड्डुल गर्न नमिल्ने गरी सडक ठाउँ ठाउँमा पहिरो बेस नै सकिएको अर्का स्थानीय खड्क आचार्यको भनाई छ ।

सडक स्तरवृद्दिसँगै (कोभिड–१९) को कारण देखाउँदै सडकको पिच बनाउने कार्य च्युरा बजारसम्मको काम ठप्प छ । सल्लिबजारदेखि त्रिवेणी बजारसम्म परेको पिचको काम ४ वर्ष बित्न सुरु भयो अझै लथालिङ्ग अवस्था छ । यो सँगै चौथो व्यक्तिले कामको जिम्मेवारी पाए पनि काम समयमै सम्पन्न हुनेमा पुनःआशंका उब्जिएको छ ।

सल्ली–रुकुम चौहरजारी सडक खण्ड चुनावी समयमा मुख्य पिचको एजेन्डा बनाएर भोट माग्ने भाँडोको रुपमा प्रयोग गरिएको स्थानीयको दुखेसो छ । चुनाव जितेपछि उक्त सडकसँगै जनताको समस्या भुल्ने नेताहरूलाई यहाँका नागरिकले श्राप र गाली गर्न थालेका छन् । नागरिक विरामी पर्दा समेत स्टेचरमा बोक्नु पर्ने टट्कारो बाध्यता छ । दुई दशक बित्न थाल्यो तर सडक स्वरुप भने पहिले भन्दा अहिले झन जिर्ण बन्दै जान थालेको छ । उक्त सडकमा फेसबुकमा करोडौं विनियोजन भएको भनेर रकमै तोकेर पोष्ट गर्ने नेताहरुप्रति यस क्षेत्रका नागरिकले नेताहरु छल्ने ढाँट्ने काम भएको बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया