जोखिममा परेका परिवारहरु खुला चौरमा बास

अमर सुनार
दैलेख, ४ भदौं ।
ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले एकको मृत्यू, एक जना बेपत्ता र पाँच जना घाइते भएपछि पहिरोको जोखिम भएका ठाउँमा स्थानीयहरुले सावधानी अपनाई रहेका छन् । पहिरोले ठाँटीकाँध गाउँपालिका–२ जौचौर गाउँमा घरहरु चर्केपछि उच्च जोखिम भएका १७ घर परिवार गाउँको माथी बिजारे चौरमा खुला रुपमा बसेका स्थानीय डम्वरबहादुर लामिछानेले जानकारी दिनुभयो ।

तल खोलाले कटान गर्न थालेको र गाउँको माथिबाट पहिरो झरिरहन थालेपछि करिव ७० घर रहेको जांैचौरका उच्च जोखिम भएका १७ घर परिवार बुधवार बिजारे चौरमा खुला रुपमा बस्तै आएको ठाँटीकाँध गाउँपालिका–२ का वडासदस्य कर्णबहादुर सलामीले बताउनुभयो । यस विषयमा ठाँटीकाँध गाउँपालिका–२ का वडाध्यक्ष रुपलाल बिश्वकर्माको ध्यानार्षण गराउँदा स्थानीयहरु बिजारे खुलाचौरमा बसेको जनाकारी पाएको प्रभावित परिवारहरुको राहत तथा पुनस्र्थापनाको निम्ति गाउँपालिका र सरोकारवाला निकायमा पहल भइरहेको बताउनुभयो ।

बाढी पहिरोले मंगलबार राती दैलेखका तीन स्थानमा ३ जनाको ज्यान गएको, एक वेपत्ता र ५ जना घाइते भएका थिए । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको पहलमा बुधबार दिउँसो ३ जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पु¥याइएको छ ।

तपाईको प्रतिक्रिया