नवनिर्मित भवनको संसद शाहद्वारा उद्घाटन

दुर्गा विसी
सल्लीबजार, ४ भदौं ।
सल्यान प्रदेश सभा सदस्य तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाव जंग शाहले विद्यालय भवन उद्घाटन गर्नुभएको छ । उहाँको विशेष पहलमा गत आर्थिक वर्षमा विनियोजन वजेटमा निर्माण सम्पन्न भवनको उद्घाटन गरिएको छ । आ.व.२०७५/०७६ मा रु ३० लाखमा निर्मित ३ कोठे भवन, त्यसैगरी आ. व. २०७६/०७७ मा ५० लाखमा निर्मित ६ कोठे भवनको बागचौर नगरपालिका वडा नं. ७ मा रहेको बालकन्या मा. वि. कोटबारा टाटकेमा भवन उद्घाटन गरिएको छ ।

कार्यक्रम कोभिड–१९ असरलाई मध्य नजर गर्दै संसद शाहले कार्यक्रममा उपस्थित सबैलाई माक्स र सेनिटाइजर बितरण गर्नुभएको थियो ।  भवन उद्घाटन कार्यक्रम प्रदेश सांसद शाहको प्रमुख आतिथ्यता र विव्यस अध्यक्ष शोभाराम भण्डारीको अध्यक्षता तथा बागचौर नगरपालिकाका उप–प्रमुख कल्पना पुनको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

नेकपा प्रदेश कमिटी सदस्य लोक बहादुर डांगी, बागचौर नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल, वडा नं. ७ का वडा अध्यक्ष शेर बहादुर घर्ती, नेकपा बागचौर नगर कमिटी अध्यक्ष घनश्याम शर्मा, नेकपा जिल्ला् कमिटी सदस्य दिवेन्द्र प्रकाश डिसी, पत्रकार महासंघका टेकराज शाही, दार्मा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष डिल्ली केसी, वागचौर नगरपालिका वडा नं. ७ का वडा सदस्य ओमकार वली, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य दामोदर दाहालले मन्तव्य राख्नु भएको थियोे ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद शाहले विद्यालय भनेको ज्ञानको भण्डार वा मन्दिर हो त्यसैले विद्यालय क्षेत्रमा कोहि कसैले राजनिती नगर्न आग्रह गर्नुभएको छ । राजनितिक गर्ने कार्यकर्ताले राजनिती कहाँ गर्ने समेत ख्याल गर्नुपर्ने उहाँको भनाई छ । शिक्षा क्षेत्रको विषयमा उठेका प्रश्नहरुलाई चिरफार गर्दै अब हामी हिजोको जसरी हामी अगाडि नबढी स्थानीय आवश्यकता, रोजगार तथा स्वरोजगारमुलक पाठ्यक्रम निर्माण गरी समग्र शिक्षा क्षेत्रलाई विकास गर्न जरुरी भएको औंल्याउनु भयो ।

शिक्षालाई खाली शिक्षाको रुपमा मात्र विकास नगरी सल्यानलाई प्राविधिक शैक्षिक हबको विकास गर्न जरुरी भएको बताउनुभयोे । आफु जुनसुकै पार्टीको चुनाव चिन्हबाट चुनाव लडेता पनि आज आफु साझा जनप्रतिनिधि भएको र जनभावना अनुसार नै काम गर्ने बताउनुभयो । समाज विकासको मेरुदण्डको रुपमा शिक्षालाई अग्रपंक्तिमा राखेमा मात्र देशको विकास हुन सक्ने बताउनुभयो । आज विश्वमा भयको विकास शिक्षाकै कारण भएकोले शिक्षा क्षेत्रमा व्यापक लगानी गर्नुपर्ने भनाइ राख्नु भएको थियो । भवन उद्घाटन कार्यक्रमको सञ्चालन प्रधानाध्यापक उमेश बुढाथोकीले गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार